लामिछानेका लाञ्छनामाथि सिरोहियाको ५ बुँदे जवाफ

काठमाडौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका लाञ्छनाप्रति खेद प्रकट गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

अध्यक्ष सिरोहियाले मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले लगाएका लाञ्छनाको पाँच बुँदामा जवाफ दिएका हुन् । नेपालको नागरिकताबिना सांसद र मन्त्री भएको सर्वोच्च अदालतबाट ठहर भइ पद गुमाउनु परेको, गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएको झोक तथा दोहोरो पासपोर्टसम्बन्धी प्रहरी अनुसन्धानलाई प्रभावित पार्न लामिछानेले समग्र नेपाली मिडियामाथि सुनियोजित प्रहार गरेको सिरोहियाको दावी छ ।

‘उहाँले आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचार आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जो कसैलाई पनि सह्य हुने छैन,’ अध्यक्ष सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । धम्कीकै कारण अन्यथा भए त्यसको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानेले लिनुपर्ने सिरोहियाले उल्लेख गरेका छन् । ’म सबैको सार्वजनिक अभिलेखमा राख्न चाहन्छु, लामिछानेले धम्की दिएझैं हाम्रा कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरियो भने त्यसको जिम्मा उहाँ र उहाँकै पार्टीले लिनुपर्नेछ ।’

यस्ताे छ विज्ञप्ती

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी