प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वालकोटस्थित निवासमा पुगेका छन ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका बिषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड वालकोट पुगेका हुन । रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने ओलीको सुझावलाई प्रधानमन्त्री प्रचण्डले अस्विकार गरे पछि दुवै नेता बिचमा पनि समझदारीमा समस्या आउन देखा परेकोको अवस्थामा दुवै नेता बिच भेटघाट वाक्लिन थालेको हो ।

सत्तारुढ दल भित्र दुई महिना नपुग्दै देखा परेको किचलो हल गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बिच दिनहुँ भेटघाट हुने क्रम बढेको छ । तर, निष्कर्ष भने निष्कन सकेको छैन । 

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित