घुम्ती सिनेमामा भुवन केसीकै फिल्म प्रदर्शन

काठमाडौं । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले प्रदेश १ को पहाडी जिल्लामा घुम्ती सिनेमा कार्यक्रम सम्पन्न गरेका छन् । घुम्ती सिनेमाको लागि बनाईएको नियमावली अनुसार नेपालको मौलिक, सांस्कृतिक, कलात्मक चलचित्र प्रदर्शनी गरिने उल्लेख भए पनि यो घुम्ती कार्यक्रममा उनले आफ्नो चलचित्र प्रदर्शन गराएका छन् ।

बोर्ड अध्यक्ष भएर उनले नेपाल चलचित्र निर्माता संघसँग घुम्ती सिनमाको लागि कुनैपनि फिल्म नलिई आफ्नो फिल्म प्रदर्शन गरिएकाले यो विषयमा आफुहरुले जानकारी लिने नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष उदय सुब्बाले राजधानीलाई बताएका छन्,‘उहाँले केका आधारमा आफ्ना सिनेमा छानेर घुम्ती फिल्म प्रदर्शनमा पठाउनु भयो ? यो सहित दुवईको कार्यक्रम’bout पनि हामी भोली बैठकमा ड्राफ तयार गरेर पर्सी बोर्ड अध्यक्षलाई भेट्दै छौं ।’ उनले भने ।

१२ माघबाट १८ माघसम्म विकाशबोर्डका कर्मचारीहरुले ईलाम, पाँचथर र ताप्लेजुङका विभिन्न गाउँमा भुवन केसीको फिल्म देखाएर उनीहरु काठमाडौं आएका छन् ।

चलचित्र विकास बोर्डका अधिकृत श्री हरिसिंह रैखोलाको अध्यक्षतामा घुम्ती फिल्म कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी निर्मित चलचित्र क्रि र क्याप्टेन प्रदर्शन गरिएको छ । यी फिल्महरु इलामको सन्दकपुर गाउँपालिका, देउराली बजारमा रहेको सामुदायिक भवन, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, घुर्बेसी पञ्चमी बजार स्थित घुर्बेसी पञ्चमी माध्यमिक विद्यालय र शान्ति बाल विकास बोर्डिङ्ग स्कूल र घुर्बेसी पञ्चमी बजारमा रहेको टहरा तथा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका, फुङलिङ बजारस्थित, जिल्ला समन्वय समितिमा रहेको सिटी हलमा प्रदर्शन गरियो । बहुसँख्यक ठाउँमा भुवन केसीको फिल्म कृ र क्याप्टेन प्रदर्शन गरियो । यी दुई फिल्मसँगै केही ठाउँमा भने अर्को एक चलचित्र अग्नीदहन पनि प्रदर्शन गरियो ।

भुवन केसी बोर्ड अध्यक्ष बन्नु अघि उनका कुनै पनि फिल्म घुम्ती कार्यक्रमका लागि चयन भएका थिएनन् । त्यहाँ रहेको समितिले मौलिक चलचित्रहरु चयन गरेर घुम्ती प्रदर्शनीमा पठाउँथ्यो । केसी अध्यक्ष भएपछि उनले आफ्नो सिनेमा प्रदेश १ का पहाडी जिल्लामा प्रदर्शन गराएका छन ।

यसरी चलचित्र प्रदर्शन गर्दा चलचित्रलाई केही रकम पनि प्राप्त हुने र फिल्मको प्रचार हुने भएकाले पनि भुवनले आफुद्धारा निर्मित तथा छोरा अनमोल केसीद्धार अभिनित यी दुई फिल्मलाई प्रदर्शन गराएको अन्य निर्माताहरुको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केपी ओलीको गृहनगरमा एमालेको विजयी सुरुवात