Monday, May 17, 2021
Home प्रमुख आजबाट देशै ‘लकडाउन’

आजबाट देशै ‘लकडाउन’

१८ चैतसम्म घरबाट निस्कन रोक, अत्यावश्यकबाहेकका सवारी निषेध, खाद्यवस्तु किन्न जान पाइने

,

काठमाडौं । कोरोना संक्रमण (कोभिड १९) पोजेटिभ बिरामी फेला परेलगत्तै सरकारले मंगलबार (आज)देखि लागू हुने गरी एक साता अर्थात् १८ चैतसम्मका लागि पूरै देश ‘लकडाउन’ गरेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएकी १९ वर्षीया एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबारको बैठकले पूरै देश ‘लक डाउन’ गर्ने निर्णय लिएको हो । यो निर्णयसँगै अत्यावश्यक क्षेत्रसँग जोडिएका व्यक्तिबाहेकका सर्वसाधारण नागरिक १८ चैतसम्म घर बाहिर निस्कन पाउनेछैनन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १८ चैतसम्मका लागि सरकारले थप सतर्क रहन भन्दै आमसर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको बताए । ‘सबै आमनागरिक सकेसम्म सतर्क रहनु नै आजको आवश्यकता हो । सरकारले १८ गतेसम्मका लागि सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै थप निर्णय लिएको हो,’ मन्त्री भट्टराईले राजधानीसँग भने ।

यस अवधिमा सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रलगायत खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्ने तथा सञ्चारमाध्यमसँग सम्बन्धित सवारीसाधन भने चल्न पाउनेछन् । अन्य निजी तथा सार्वजनिक सबै सवारीसाधनलाई भने चल्न रोक लगाइएको छ । यस्तै, आन्तरिक उडानसमेत बन्द रहनेछन् ।

यसैगरी, अत्यावश्यक सेवाका आवश्यक कर्मचारी मात्रै कार्यालय उपस्थित हुनुपर्ने र बाँकीलाई बिदा दिइने निर्णय सरकारले गरेको छ । ‘लक डाउन’को अवधिमा अत्यावश्यक वस्तु औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता काममा भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउनेछन् ।

सरकारले गरेको निर्णय उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै, संक्राण रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ । सो ऐनमा जारी आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिमाना वा दुवैको व्यवस्था छ ।

(Visited 317 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर...

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका...

साताका लोकप्रिय समाचार

केपी ओलीलाई राेक्न सांसद पदबाट राजीनामा दिनु पर्छ : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

काठमाडौं र धनगढी फाइनलमा

काठमाडौं । दुई विदेशी खेलाडीले उच्च प्रदर्शनसहित ३ गोल गरेपछि काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीमाथि ३–० को सहज जित दर्ता गर्दै खुकुरी नेपाल सुपर...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

ट्रेन्डिङ

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको...

राजनीतिक नदीमा सङ्लो पानी

नेपालीलाई एउटै प्रश्नले पिरोलिरहेको छ: नेपाली राजनीतिक नदीमा कहिले सङ्लो पानी बग्ला ? नेपाली राजनीतिक नदीमा जसले सङ्लो पानी बगाउँछु भनेर विगतमा लागे, अझै...

गेष्टहाउसमा लगेर किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सोही...

सुस्त प्रशासनिक संयन्त्र

यतिखेर सम्पूर्ण नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । सरकारले विगत दुई महिनादेखि लगाउँदै आएको लकडाउनका कारण आमनागरिकको जनजीवन अत्यन्तै कष्टकर भएको छ ।...

भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने

नयाँदिल्ली ।भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

गैरजिम्मेवार निजी अस्पतालमाथि कडा कारबाही आवश्यक

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट हुन सक्ने सम्भावित क्षति कमी गर्न सरकारले लकडाउन गरेर नागरिकलाई घरभित्रै बस्न आग्रह गर्दै आइरहेको छ ।...

सीमामा अलपत्र नेपालीलाई भारतले क्वारेन्टाइनमा राख्नु पर्ने चित्र बहादुर केसीकाे माग

काठमाडाैं । राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले...

खोटाङमा रुखबाट लडेर फुपुभदैको मृत्यु

खोटाङ । खोटाङमा रुखबाट लडेर एकै दिन दुई जनाको मृत्यु भएको छ । घाँस काट्नेक्रममा रुखबाट लडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ४२ वर्षीय...

संसद् विघटनविरुद्ध आज कांग्रेसको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध आज हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन नेता–कार्यकर्तासहित सबैमा अपिल गरेका छन । देउवाले शनिबार अपिल जारी...

सासु हत्या अभियोगमा बुहारी पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ शितल चोकमा ८२ बर्षीय महिला जसुदा अधिकारीको हत्या भएको भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)