शिक्षासेवी लेखनाथ घिमिरे अभिनन्दित

इटहरी । इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दित गरिएको छ । शुक्रबार उनको ७७ औँ जन्मोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा अभिनन्दित गरिएको हो । उनकै कद बराबरको अभिनन्दन पत्रले घिमिरेलाई अभिनन्दन गरिएको हो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले घिमिरेलाई अभिनन्दन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले भने, ‘भाषा, साहित्यको उन्नयन, सामाजिक चेतनाका व्यक्तित्व, शैक्षिक क्षेत्रका संवाहक र शिक्षाको विकासमा लगानी गर्ने अभियन्तालाई अभिनन्दन गर्नु मेरो पनि सौभाग्य हो ।’

घिमिरे सामाजिक व्यक्तित्व मात्रै नभइ प्रेरणाका कुञ्ज रहेको उनको भनाइ छ । ‘उहाँ जहिल्यै पनि अरुको हितमा तल्लीन रहने व्यक्ति हो,’ थपलियाले भने, ‘उहाँको व्यक्तित्व र सादगीपन प्रशंसायोग्य रहेको छ ।’

कार्यक्रममा अभिनन्दित भइसकेपछि घिमिरेले आँफूलाई अभिनन्दन गरेकाले अनुगृहीत भएको बताए । ‘म अझ जिम्मेवारी र होसियार हुनुपर्छ भन्ने ठानेको छु’ उनले भने, ‘जीवनका यात्राका क्रममा सकारात्मक सोचले इमान्दारपूर्वक समपर्णले गरिएका काम परिणामुखी र आनन्दायक हुन्छन् ।’

उनले आँफूले ठूला काम नगरेपनि स–साना कामको कदर गरिएकाले कृतज्ञ भएको बताए । भने, ‘यो अनपेक्षित अभिनन्दनले म आँफू कृतज्ञ भएको छु, जीवनमा सधैँ जिम्ेमवारी साथ काम गर्नेछु ।’

समाजका पथप्रदर्शक, सामाजिक सभ्यताका हिमायती, सद्भावनाका प्रतिमूर्ति घिमिरे २००२ माघ २७ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ मा जन्मिएका हुन् । ५२ वर्षदेखि शिक्षासेवा गर्दै आएका उनी शिक्षा, समाजसेवा र साहित्यिक पत्रकारिताका त्रिवेणी हुन्। घिमिरेलाई रथारोहणसहित इटहरी नगर परिक्रमा गराएर अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो ।

कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाबाट, अन्य प्रदेशका २५ जिल्लाबाट र भारतको विभिन्न प्रदेशबाट उल्लेख्य संख्यामा मानिसहरूको सहभागिता रहेको थियो ।

कवि अनिल पौडेलको संयोजकत्वमा गत चैतमा नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरी कार्यक्रमको तयारी सुरु गरिएको हो । पौडेलले आँफूले अभिनन्दनको प्रस्ताव गर्दा सामाजिक अगुवाहरूले साथ दिएकाले यो कार्यक्रम सम्पन्न भएको बताए ।

‘उहाँलाई धेरैले लेखनाथ सर भन्ने गरेका छन्, थोरैका मुखबाट मात्रै लेखनाथ घिमिरे भनेको सुन्न पाइन्छ,’ पौडेलले भने, ‘राम्रो काम गर्दै गयो भने कसैले पनि सरकारको मुख ताक्नुपर्दैन, समाजले आँफै अगाडि बढेर जे जे दिनुपर्ने हो दिन्छ ।’ उनका अनुसार समाजमा योगदान पु-याउने अनि अग्रजलाई सम्मान गर्नका लागि नयाँ पुस्तालाई संस्कार सिकाउन पनि यस खाले नागरिक अभिनन्दनले सहयोग पुग्नेछ । इटहरीको इतिहास निर्माण गर्ने र भविष्यमा इतिहास बन्न सक्ने विविध क्षेत्रका व्यक्तिको पहिचान गरी नागरिक अभिनन्दन गरिएको उनले बताए ।

यसअघि नागरिक स्तरबाट भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने र मजदुर नेता ओम कोइरालाई अभिनन्दन गरिएको थियो ।
साथै उक्त कार्यक्रमको अवसर पारेर लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ पनि सार्वजनिक गरिएको छ । उक्त ग्रन्थमा १ सय ३० भन्दा बढी लेखकहरूले घिमिरे’bout लेख लेखेका छन् । ५४२ पृष्ठ लामो पुस्तकका भाषा सम्पादक समेत रहेका दिनेश पौडेलले घिमिरे’bout ‘प्रेमका खानी’ शीर्षकमा एक उदाहरण प्रस्तुत गरेका छन् ।

पौडेलले पुस्तकमा लेखेका छन्, ‘यतिबेला मेरो कलम बिलखबन्दमा परेको छ । मेरो कलमको अवस्थाको सही चित्रण गर्नका लागि एउटा अमेरिकी सैनिककी श्रीमतीको पत्र यहाँ प्रस्तुत गर्दछु । श्रीमान भियतनामको युद्ध (वि.सं. २०११ देखि २०३२)मा भएको बेला उसकी श्रीमतीले घरबाट पठाएको पत्र हेरौँ :

प्रिय पतिजी, गुड मर्निङ ।
म हजुरलाई यो पत्र लेखिरहेकी छु, ’cause मेरो अरु काम केही छैन । र पत्र यहीँ अन्त्य गर्दछु, किनकि लेख्नुपर्ने कुरो पनि केही छैन ।
माया गर्ने पत्नी,
मारिया ।’
पौडेलले उक्त उदाहरण दिँदै अभिनन्दित घिमिरेलाई लेख्नुपर्ने र भन्नुपर्ने कुनै कुरै नरहेको उल्लेख उदाहरणका रूमा प्रस्तुत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित