भक्तपुर दुर्घटनामा दुईजनाको मृत्यु

भक्तपुर, २८ माघ । भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ ।

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अं.१५÷२० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाईकल चालक  काठमाडौ शंखरापुर नगरपालिका वडा नं. ५ पालुवारी बस्ने बर्ष ४० को शंखर भोलोन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाण्डौ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । मृतकको लाश पोष्टमार्टमको लागी भक्तपुर अस्पताल ल्याइएको जनाइएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

उता, जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउदै गरेको बा ४ ख ८९१२ नं. को बसलाई सोही दिशाबाट आउदै गरेको बा ९९ प ३४८५ नं. को स्कुटीले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा स्कुटी चालक धनकुटा खोलीखर्क गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेल बस्ने बर्ष ३९ की ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

गम्भीर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटि गई दुबै सवारी साधन र बस चालक भक्तपुर भक्तपुर नगरपालिका वडा नं. २ ईताछे बस्ने बर्ष ४१ को दयाराम देशेमरु वृत्त जगातीको नियन्त्रणमा रहेको जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बरले मतले पराजित