फेस्टिबलमा पुरस्कृत ‘हल्कारा’ वैशाखमा

काठमाडौँ । नेपाली चलचित्र ‘हल्कारा’ अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भयो । सोही कारण नेपालमा यो चलचित्रको माग भएपछि निर्माण पक्षले यसलाई २९ वैशाखमा रिलिज गर्ने जनाएको छ । फिल्मलाई काठमाडौँमा करन श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछ ।

यो चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको छ । अन्य कलाकारमा उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षत्री, विद्या कार्कीलगायत छन् । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशनमा चलचित्र हल्कारा तयार भएको हो ।

चलचित्रले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको निर्देशक सापकोटाले बताए,‘ फिल्म सत्यकथा प्रेरित हो । तर कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।’

यो चलचित्र अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यस्तै नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको यो चलचित्र न्य फेस्टिभलमा पनि छनौटसँगै प्रदर्शन भएको थियो ।

यो चलचित्रमा विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालको लेखन, चिन्तन राजभण्डारीको छायांकन रहेको छ । फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर बनाएको हो । फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते