चलचित्र पत्रकार संघ कास्कीमा प्रभु

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् । संघको शनिबार पाँचौं अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

संघ उपाध्यक्षमा अर्पण तिवारी, सचिव सन्तोष बस्याल, सहसचिव शंकर तिवारी र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ चयन भए । सदस्यमा वीनिता सुनार, सुरेश सुनार, एलिजा क्षत्री, राकेश गुरुङ, सुदीप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी छन् । केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र सुशान्त घिमिरे चयन भए ।

निर्वाचनका लागि संघका केन्द्रीय उपाध्यक्ष कुवेर डंगोलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । सदस्यमा संघका सल्लाहकार जितेश प्रधान, निर्देशक घनश्याम लामिछाने थिए । नयाँ कार्यसमितिलाई संस्थापक अध्यक्ष श्रीराम सिग्देलको उपस्थितिमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरिएको छ ।

यसअघि उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई फिल्म सिटीको रुपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताए ।

संघले पाँचौ अधिवेशन अवसरमा कलाकार माओत्से गुरुङलाई सम्मान गरेको छ । पोखरामा रहेर नेपाली फिल्म क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै उनलाई पोखरा महानगर प्रमुख धनराज आचार्यले दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारबाट रेम विक (वर्ष २०७८) र राजाराम पौडेल (वर्ष २०७९) सम्मानित भए । उनीहरुलाई नगद २५ हजारसहित सम्मान गरिएको हो । २०६० सालमा श्रीराम सिग्देल नेतृत्वमा जन्मिएको चलचित्र पत्रकार संघमा हाल ५५ सदस्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल