Tuesday, April 7, 2020
Home Not-to-be-missed ओलम्पिक सर्न सक्ने

ओलम्पिक सर्न सक्ने

जुरिच । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भ मेला टोकियो ओलम्पिक स्थगित गर्ने वा केही महिनापछि गर्ने भन्ने विषयमा निर्णय गर्न चार साताको समय लिएको छ ।

विश्वभरका एथ्लेटिक्स संघ र राष्ट्रिय ओलम्पिक कमिटीको दबाबबीच आईओसीको कार्यकारी बोर्डको आइतबार बसेको बैठकले विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण आईओसीले ओलम्पिक स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकले तत्काल ओलम्पिक स्थगित गर्ने समय नभएको र यसका लागि चार साताको समय लिइएको बताएको छ । राष्ट्रिय ओलम्पिक कमिटीहरूले ओलम्पिक सार्न आईओसीमाथि दबाब बढाइरहेका थियो । ‘विश्व अहिले असामान्य स्थितिमा छ । बोर्डले आज आईओसीको परिदृश्यको योजनाको अर्को कदम सुरु गरेको छ ।

यी परिदृश्य सन् २०२० को जुलाई २४ देखि अगाडि बढ्नका लागि सञ्चालनमा रहेका योजनाहरू परिमार्जन गर्न र खेलको सुरुको मिति परिवर्तन गर्न सम्बन्धित छ ।’ बैठकको निर्णयमा भनिएको छ । ‘रद्द गर्ने कार्यसूची हैन । तर, स्केल्ड डाउन खेलहरू पनि विचार गरिनेछ । प्रतियोगिता केही महिना स्थगित वा पुरै वर्ष भन्ने विषयमा निर्णय हुन सक्ने बताइएको छ ।’

आईओसीका अध्यक्ष थोमस वाचले बैठकको निर्णयबारे जानकारी दिँदै तत्काल ओलम्पिक स्थगित गर्ने निर्णय नभएको र स्थगित गर्नु मात्रै समस्या समाधानको विषय नहुने बताउँदै त्यसका लागि चार साताको समय लिइएको प्रस्ट पारे । जापानले टोकियो ओलम्पिक निर्धारित समयमा गर्न आफू प्रतिबद्ध रहेको बताएको थियो । जापानले ओलम्पिक टर्च ग्रिसबाट आफ्नो देशमा ल्याइसकेको छ । शनिबार मात्रै जापानमा ओलम्पिक टर्च सार्वजनिक गरिएको थियो ।

बेलायत ओलम्पिक कमिटीका अध्यक्ष सर ह्युग रोबर्टसनले आईओसीको कार्यकारी बोर्डको निर्णयको स्वागत गर्दै हामीले गरेको ओलम्पिक खेलको स्थगनको सन्दर्भमा सकरात्मक निर्णयको पर्खाइमा रहेको बताएका छन् । उनले एथ्लेटिक्सको सन्दर्भमा भने छिटो निर्णय गर्न आग्रह गरेका छन् । बेलायतलगायत करिब १ सय बढी ओलम्पिक कमिटीले खेल स्थगित गर्न आईओसीलाई सुझाव दिँदै आएका छन् ।

कोरोना भाइरसकै कारण युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले २०२० जुनमा तय भएको युरोकप र दक्षिण अमेरिकी फुटबल एसोसिएसनले जुनमा नै तय भएको कोपा अमेरिका कप एक वर्षका लागि स्थगित गरिसकेको छ । अन्य खेलकुद पनि ठप्प प्रायः छ ।

(Visited 15 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण...

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता दिने निर्णय गरेको छ...

भर्खरै

ब्रिटिस प्रधानमन्त्री जोनसनलाई किन राखियो आईसीयूमा ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको उपचार लन्डनको सेन्ट थोमस अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसीयु) मा भइरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा...

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

धेरै पढिएका

ई-पेपर

(Visited 25 times, 1 visits today)