झागिँदै प्रणय दिवस

प्रत्येक अंग्रेजी महिनाको फेबु्रअरी १४ तारिखलाई प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभरि नै मनाइने गरिन्छ । यसमा खासगरीकन नेपालीपन खोजियो भने संस्कृतिका हिसाबले यो आयातीत दिवस हो । तर, अहिले सबैले आआफ्ना वर्थ डे मनाइरहेका र त्यसैमा रमाउँदै गइरहेका बेला प्रणय दिवस वा भ्यालेन्टाइन डेमा सबैले आफ्नोपन पनि देख्न थालिसकेका छन् । हाल आएर संसारभरि नै विज्ञान तथा प्रविधिको विस्तार र यसको आमप्रयोगसँगै पश्चिमा संस्कृति नेपाली सामाजिक बजारमा निकै अन्तरघुलित र सांस्कृतिक हिसाबले पाच्य पनि हुँदै गइरहेको छ । अबको संसार विश्वमा साझा संस्कृतिमय हुने देखिएको पनि छ । नेपालका आफ्ना परम्परागत रोदी बस्ने, नाचगान गर्ने, मेला पर्व लगाउने आदिजस्ता कुरा कमी हुँदै गएर अहिले संरक्षणको अवस्थामा छन् ।

तर, विज्ञान प्रविधिले प्रणय दिवसलाई सबैको हातहातमा रहेको मोबाइलमार्पmत घरघरै र व्यक्ति विशेषसम्म पु¥याइदिएको छ । यसरी संस्कृतिका हिसाबले पूर्वीय तथा पश्चिमी संस्कृति दुवै धर्ममा आधारित छन् । तर, पनि पूर्वीय संस्कृति भगवान् केन्द्रित र पश्चिमी संस्कृति व्यक्ति केन्द्रित छ । यसको साथसाथै सायद व्यक्ति र व्यक्तिवादमा आधारित प्रजातान्त्रिक मूल्यमान्यता नै आजको विश्वको मूल प्रवाह बन्न आएकाले राजनीतिक रूपमा प्रजातान्त्रिक मूल्यमान्यताको अंगीकरणसँगै पूर्वीय संस्कृति पश्चिमा संस्कृतिबाट अतिक्रमित हुँदै गइरहेको छ । त्यसैले ठगान बस्ने, रोदी बस्ने आदिबाट नेपालमा पनि प्रणय दिवसका रूपमा यो स्वीकार्य हुन गएको छ ।

पूर्वीय संस्कृति भगवान् केन्द्रित र पश्चिमी संस्कृति व्यक्ति केन्द्रित छ

भ्यालेन्टाइन डेलाई फेब्रुवरी १४ मात्र होइन, फेब्रुवरी ७ देखि नै भ्यालेन्टाइन डेका महत्वपूर्ण दिन सुरु हुने गर्छन् । फेब्रुवरी ७ देखि १४ सम्म रोज डे, पर्पोज डे, चक्लेट डे, टेड्डी डे, मा प्रमिस डे आदि र फेब्रुवरी १४ मा भ्यालेन्टाइन डे । तथापि, नेपाली समाजमा भने खासगरी १४ फेब्रुवरीलाई विशेष लिने गरिन्छ । केही वर्षअघिसम्म नेपालमा यो दिवसको खासै चर्चा नभए पनि पछिल्लो पुस्तामा भने यसको चलन झाँगिदो छ । भनिन्छ, शिष्टता, विनम्रता, सौम्यता, भद्रता, अनुग्रह, करुणशीलता, नम्रता प्रेमकै अभिव्यक्ति हुन् । यसैगरीकन प्रेम पदार्थमा हुन्छ, प्रेम चेतनामा हुन्छ । प्रेम मायालुको आँखामा हुन्छ, प्रेम पत्नीको इष्र्यामा हुन्छ, प्रेम आमाको बोलीमा हुन्छ, बाबुको हप्काइमा हुन्छ । प्रेम मातृत्वमा खेल्छ, भ्रातृत्वमा बाँँच्छ, मित्रतामा हाँस्छ ।

यत्रतत्र सवत्र प्रेम छर्न सके सबैतिरबाट प्रेम नै पाइन्छ । प्राप्तिको अपेक्षा नराखी अन्तरआत्माबाटै प्रस्फुटित हुने हृदयको झंकार नै प्रेम हो । प्रेमलाई दिवसका रूपमा होइन हरेक दिनका आफ्ना क्रियाकलापमा जरुरी हुन्छ । सबैभन्दा ठूलो प्रेम देशप्रेम हो । प्रेममै सबै धर्म, दर्शन अध्यात्म र रहस्यवादको प्रकृति हो, सत्व हो । प्रेमलाई सस्तो रूपमा नबुझौं । अतः पछिल्लो समय प्रेममा हिंसाको प्रवेश भएको पाइन्छ । प्रेमीको प्रस्ताव स्वीकार नगर्दा हिंसाको सिकार हुनुपरेका थुप्रै घटना हामीमाझ छन् । कति सजिलै भन्छन् म तिमीलाई माया गर्छु, तर त्यही माया गर्छु भन्ने मान्छे राक्षसका रूपमा प्रस्तुत भएका घटना धेरै छन् । पश्चिमा संस्कृतिका रूपमा आएको भए पनि प्रेम दिवस मनाइरहँदा प्रेमलाई सस्तो नबनाइयोस् ।

युवा युवतीले प्रेमपत्र साटासाट गर्न थाले र फेबु्रअरी १४ लाई विश्वभरि नै प्रेम दिवसका रूपमा मनाउन थालियो । अहिलेको विश्वमा प्रेमपत्र आदानप्रदान गरेर, कार्ड तथा फूल दिएर, इमेल इन्टरनेटको माध्यमबाट भावना साटासाट गरेर प्रेम दिवस मनाइन्छ । हामीलाई थाहा भएकै कुरा हो, विक्षिप्तता, घृणा, हत्या, अन्याय, अत्याचार, युद्ध, धोका, दुःख, पीडाजस्ता नराम्रा कुरा प्रेमको अभावमा हुने गर्छ । यसै कुरालाई मनन् गरेर विश्व चर्चित व्यक्तित्व महात्मा गान्धी भन्छन्, ‘प्रेमभन्दा ठुलो वस्तु संसारमा अरू केही छैन । प्रेमले पापीलाई पनि सुधार्छ । प्रेम त्यो हतियार हो जसको प्रयोगले शत्रु पनि मित्र बन्छ । साँचो अर्थमा भन्ने हो भने प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ । यस कुरालाई महान् वैज्ञानिक, दार्शनिक, चिन्तकले स्वीकारिसकेका छन् । प्रेम भनेको आत्माको आवाज हो, यो कुनै बनावटी कुरा होइन । आजको विश्वमा उमेर पुगेका युवायुवती प्रेमसंसारमा अनुशासित रूपमा लाग्नुलाई अन्यथाका रूपमा मान्नुहुँदैन ।

प्रेम मायालुको आँखामा हुन्छ, प्रेम पत्नीको इष्र्यामा हुन्छ, प्रेम आमाको बोलीमा हुन्छ, बाबुको हप्काइमा हुन्छ

समग्रमा भन्नुपर्दा जब मानिस प्रेममय हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुन पुग्छ । प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ । भ्यालेन्टाइन डे आउनु महिनौंअघि नै युवायुवती प्रेमको रंगमा रंगिने गरेका छन्।् । वास्तवमा भन्ने हो भने पश्चिमेली सभ्यताको यो चाडले बिस्तारै पूर्वेली देशमा पनि मनाउन थालियो । यी दिन युवाहरूको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा मनाउने गरिएको छ । आजका युवाले पश्चिमेली सभ्यता र फेसनलाई स्वीकार गरेका छन् । त्यसैगरी, क्रिसमस, अंग्र्रेजी न्यु इयर, मदर्स डे, फादर्स डे, भ्यालेन्टाइन डे पनि सहज रूपमा स्वीकार गरेका छन् । पश्चिमेली संस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता संस्कार र परम्परा खण्डित भइरहेका छन् । फलतः आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ । त्यसैमध्ये भ्यालेन्टाइन डे पनि एक हो । यो दिनलाई नै गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाउने दिन हो, भन्ने युवाहरूको जमात ठूलै भएको छ । हाम्रो जस्ता विविधि जातीय संस्कारले भरिएको देशमा मौलिक संस्कारलाई पहिलो प्राथमिकतामा राख्नु सकारात्मक हुन्छ ।

विश्वमै फरक संस्कारको धनी मानिएको नेपालमा पछिल्लो समय आफ्नो जातीय संस्कार बिर्सिंदै जाने तर जातीयताको मुद्दामा राजनीति गर्ने विकृति हाबी हुँदै गएको छ । जसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ । यही नेपालको कमजोरीको जगमा प्रवेश गरेको यो संस्कारले पनि त्यही स्वतन्त्रताको लडाइँ मलजल गर्ने अवस्था देखिन्छ । अपितु पश्चिमेली सभ्यताको यो चाड बिस्तारै पूर्वेली देशमा पनि मनाउन थालियो । यो दिनलाई युवाको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा मनाउने गरिएको छ । आजका युवाले पश्चिमेली सभ्यता र फेसन स्वीकार गरेका छन्।् । त्यसैगरी, मदर्स डे, फादर्स डे, भ्यालेन्टाइन डे पनि सहज रूपमा स्वीकार गरेका छन् । पश्चिमेली सांस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ । त्यसैमध्ये भ्यालेन्टाइन डे पनि एक हो । कुनै दिन यस्तो नओस् प्रेम भन्ने शब्दप्रति नै घृणा उत्पन्न नहोस् । प्रेमदिवस मनाइरहँदा घातप्रतिघात र क्षणिक माया प्रेमभन्दा पनि सर्वत्र प्रेम नै प्रेम होस् यही कामना गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई ‘जापान काण्ड’ महँगो पर्ने संकेत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडा नम्बर–१५ बाट एकीकृत समाजवादीको आशा