पत्रकार सहनी आमरण अनसनमा

रौतहट । रौतहटको सदरमुकाम गौरको टिकुलियाघाट— इशनाथ जोडने लालबकैया नदिमा पुल निर्माण र निमार्णको ठेक्का लिने ठेकेदार पप्पु कन्ट्रक्सनलाइ कार्वाहीको माग रौतहटका पत्रकार संजय सहनी आमरण अन्सनमा बसेका छन ।

पप्पु कन्ट्रक्सनले ठेक्का लिएको सो पुल बिगत ८ बर्ष देखी अलपत्र परेको अधुरो लालबकैयाको पुललाई यथा शिघ्र निर्माणको माग राख्दै पत्रकार सहनी सोमबार सांझ ७ बजेदेखि लालबकैया खोलाको बगरमा आमरन अनसन बसेका हुन ।

पप्पु कन्ट्रकसनले २०७१ सालमा पुल निर्माणको टेन्डर लिएर सडक डिभिजन कार्यालय हेटौंडासँग २०७४ माघ २९ गतेभित्र निर्माण पुरागर्ने सम्झौता गरेको थियो । लगत्तै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो ।

लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर पप्पु कन्स्ट्रक्सनले लिएको थियो । पप्पुले निर्माण गरेको पुलको पश्चिमतिरको दुईवटा गडर पनि गुणस्तरहीन भएको सडक डिभिजनको ठहर छ । ७४ सालमा निर्माण पुराहुनुपर्ने पुलको अधुरो संरचना गुणस्तरहीन भैकैकारण माटोसरह संवतस् फुटेर झर्न थालेको थियो । म्याद नाघेको बर्षौंपछी पप्पुले गतबर्ष देखि पुरानै संरचनामा जोडेर निर्माण सुरुगर्दा डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले रोक्का गर्दा निर्माण कम्पनीले अटेरी गर्दै आएको थियो । पछि डिभिजन प्रमुख दारोगा साहले अदालतमा गरेको पप्पु विरुद्ध मुद्दाको केहिदिन अघि भएको फैसला अनुसार पप्पुको धरौटी समेत जफत भएको छ ।

हिउँदमा लच्का बांसले बनेको पुल र बर्सामा डुङ्गाको भरमा यात्रा गरि वारिपारी गर्न दैनिक सैयौं मानिस ज्यानको बाजि लगाएर यात्रा गर्दछन । पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतना लगायत दर्जनौं गाउँका बासिन्दलाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ । २०७५ भदौ ९ गते साँझ खेतमा काम गरेर फर्केकाहरू सबार डुंगा त्यही पुलको पिलरमा ठोक्किएर पल्टिँदा ५ जनाको ज्यान गएको थियो ।

डुंगामा सबार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए । घटनालगत्तै मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत पुल हेर्न टिकुलिया पुगेका थिए । ठेकेदारको लापरबाहीले घटना भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र अलपत्र पुल निर्माणको काम चाँडै पूरा गर्न तत्कालीन मुख्यमन्त्री राउतले निर्देशन समेत गरेका थिए । गौर टिकुलिया घाट लालबकैया निदिको पुल चांडै निर्माण गर्न निर्देशन दिने एकजना राउत मात्रै होईनन ऊनी भन्दा अघि र पछि देशका दर्जनौं ठुला भनाउने नेताले पप्पु लाई निर्देशन दिए तर निर्देशक हरिनारायण रौनियारले कसैलाई टेरेनन। फलत टिकुलिया घाटमा हालसम्म पनि पुल निर्माण नहुंदा बाध्यभएर संजय सहनी अन्सनमा बसेका छन ।

अनसनकारी सहनिले पुल निर्माण संगै टेण्डर लिएर लापरबाही गर्ने पप्पु निर्माण सेवाका तत्कालीन संचालक रौनियार माथी कार्वाहीको माग गरेका छन । रौनियारको लापरबाहीले ५ जनाको ज्यान गयो मृतक परिवारलाई क्षतिपूर्ति र स्थानीयको ८ बर्षको समय खेर गयो त्यसको क्षतिपूर्ति र रौनियार लाई कानुनी कार्वाहीको दायरामा ल्याउनुपर्ने सहनीको माग रहेको छ । सो पुलको पुन ठेक्काको लागि पहल भइसकेको रौतहट क्षेत्र नम्बर २ का संघीय संसद किरण साहले समाजिक संजालमार्फत जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक