नामिबियाबिरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ । जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै भेट्टायो । नेपाललाई जिताउन शतकीयो योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ रन ८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् । उनले १ सय ३३ रन बनाए ।

यस्तै कप्तान गेर्हार्ड इरास्मसलाई ५६ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका हुन् । उनी कुशल मल्लको बलमा आउट भएका हुन् । जान फ्रिलिंकलाई १३ रनमा बोल्ड आउट गरेका हुन् ।

यता नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल मल्ल, सोमपाल कामीले समान १/१ विकेट लिए । नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसैबीच, कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् ।

यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गरेका थिए । कुशल एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन