टर्की र सिरियाको सहयोगमा जुटिन् प्रियंका चोपडा

भारतीय अभिनेत्री प्रियंका चोपडाले टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्न विश्वभरिका मानिसलाई आग्रह गरेकी छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत उनले टर्की र सिरियामा भइरहेको उद्धार कार्यको भिडियो सेयर गर्दै विनाशकारी भूकम्पका कारण घरबारविहीन हुन पुगेका टर्किस र सिरियालीप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘विनाशकारी भूकम्पको एक सातापछि पनि टर्की र सिरियाका मानिसको दुःख र पीडा कम भएको छैन,’ उनले टर्किस र सिरियालीहरूको दुःख र पीडालाई कम गर्नका निम्ति प्रियंकाले संसारभरिका मानिसलाई गुहारेकी हुन् ।

फेब्रुअरी ६ मा टर्कीमा ७.८ म्याग्निुच्युडको शक्तिशाली भूकम्प गएको थियो । जसका कारण अहिलेसम्म ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ८० हजारभन्दा बढी घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी