नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा राष्ट्रपति चयनका लागि निर्वाचन आउँदै गर्दा आफू अनुकूलको व्यक्तिलाई बनाउन शक्ति राष्ट्रको चलखेल भइरहेको बताएका हुन् ।

सोमबार र मंगलबार भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण र नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको भइरहेका भेटघाटलाई लक्षित गर्दै उनले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन खेल भएको बताएका हुन् । 

पहिलो अप्रत्यक्ष रुपमा हुने शक्ति राष्ट्रहरुको हस्तक्षेप अहिले प्रत्यक्ष रुपमै भएको बताएका अध्यक्ष केसीले सत्ता र शक्तिको लुछाचुँडीले गणतन्त्र नै खतरामा पर्ने दृष्य देखिएको बताए । 

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपाल भन्छन् 'हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके'