Thursday, May 6, 2021
Home बिचार नमस्ते संस्कृति र कोरोना

नमस्ते संस्कृति र कोरोना

,

‘नमस्ते’ संस्कृतबाट बनेको शब्द हो, जुन संस्कृत को ‘नमःंते ’ शब्दबाट लिएको हो, जसको अर्थ हो– जोडिएका दुई हात निधारमा पु¥याई शिरलाई अलिकति झुकाएर गरिने अभिवादन । जसलाई सामान्यतः नमनः, प्रणाम, अभिवादन, नमस्ते, नमस्कार, प्रणति आदि भन्ने गरिन्छ । नमस्तेमा उत्तरोत्तर विशिष्टता थपिँदै जाँदा क्रमशः पादस्पर्श र साष्टांग दण्डवत् हुन्छन् । यही नमस् पदमा तिमीलाई भन्ने अर्थ बताउने ते (सर्वनाम) जोडिएपछि नमस्ते बन्छ । अतः नमस्तेको अर्थ हुन्छ– तिमीलाई नमस्कार । त्यस्तै, नमस् पदमा भावार्थक कार जोडिएपछि नमस्कार शब्द बन्छ, यसले पनि नमनको भाव बताउँछ । यी दुवैले सामान्यतः ठूला मानिस र ईश्वरप्रति गरिने अदब, अभिवादन, सम्मान, नमस्क्रिया आदि शिष्टाचार बताउँछन् । नमस्कार गर्ने समय एक व्यक्तिको आत्माले दोस्रो व्यक्तिको आत्मालाई अभिनन्दन अनि नमस्कार गर्छ । नमस्कार अथवा नमस्ते अभिवादन गर्ने एक प्रचलित चलन हो । यसको प्रयोग कुनै व्यक्तिसँगको भेट अथवा बिदाइ गर्ने समयमा प्रयोग गरिन्छ ।

नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडितर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरू आकाशतर्फ हुन्छन् । यो मुद्राको साथसाथै व्यक्ति ‘नमस्ते’ या ‘नमस्कार’ शब्द भन्दै अभिवादन गर्छ । हातको यो मुद्रालाई नमस्कार मुद्रा भनिन्छ । नमस्ते गर्ने व्यक्तिले अर्को व्यक्तिमा दैवी रूप देख्छ । यसले आध्यात्मिक शक्तिलाई बढाउँछ अनि दैवी चेतना आकर्षित गर्छ । नमस्ते गर्दा आध्यात्मिक भाव जागृत भई हाम्रो सामुन्यको व्यक्तिप्रतिव्य तपाई मभन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईंको अधीनस्थ छु, मलाई कुनै पनि ज्ञान छैन अनि तपाईं सर्वज्ञ हुनुहुन्छ भन्ने समर्पणको भावना जागृत हुने हुनाले यो अहंकार कम गर्न अनि विनम्रता बढाउनमा सहायक हुन्छ । नमस्ते दुई हात जोडेर हिन्दूद्वारा एक अर्कासँग भेट भएको बेला अभिवदन गरिने शब्द हो ।

यस्तो दिन आउनेछ, संसारभरका मानिस पूर्वीय संस्कृति र संस्कार अँगाल्न लालायित हुनेछन्

यस भावको अर्थ सबै मनुष्यको हृदयमा एकदैवीय चेतना र प्रकाश छ, जो अनाहत चक्र हृदय चक्रमा स्थित छ भन्ने हुन्छ । यस भावमुद्राको अर्थ हो एक आत्माले अर्को आत्मालाई आभार प्रकट गर्नु । राम्रो भावना र राम्रो तरिकाले गरिएको नमस्कारको पहिलो फाइदा यो हुन्छ कि यसले मनमा स्वच्छ भावनाको विकास हुन्छ । जसले गर्दा सकारात्मक सोचको विकास हुन्छ । नमस्कारले अर्को व्यक्तिले तपार्इंप्रतिको राम्रो भावनाको विकास गर्दछ । यसप्रकार नमस्कार आध्यात्मिक र व्यावहारिक दुवै तरिकाले फाइदाजनक छ । यसले अन्य व्यक्तिप्रति नम्रता बढाउँछ,स ाथै मन्दिरमा नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त रहन्छ ।

पूर्वीय संस्कृति मानिने नमस्ते अहिले पश्चिमा देशमा समेत प्रचलनमा आएको छ । बेलायती राजकुमार चाल्र्स, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले नमस्ते गरेर कोभिड–१९ को संक्रमणबाट बच्न आग्रह गरेका छन् । त्यस्तै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सस्दय मुलुकबीच सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् । विश्वभर कोरोना भाइरसको संक्रमण अनियन्त्रित रूपमा फैलन थाल्यो, हात मिलाउने पनि धमाधम ‘नमस्ते’ गर्न थाले । अन्ततः विश्वभर नमस्ते कल्चर नै फैलियो ।
हाल विश्वका प्रभावशाली नेतामाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण सर्न सक्ने भन्दै हात मिलाउनु जोखिमपूर्ण हुने चेतावनी दिएपछि नेपाल, भारतलगायत पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन लोकप्रिय बनेको हो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रों, स्पेनी राजा फेलिप पाँचौं र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो बरादकार, बेलायती राजकुमार चाल्र्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत नेताले नमस्ते गरिरहेका तस्बिर भाइरल बन्दै छन् । पाश्चात्य शैलीमा हात मिलाउने चलन प्रचलित भए पनि पूर्वीय हिन्दू सभ्यतामा सदियौंदेखि नमस्ते संस्कृति नै स्थापित छ । नमस्ते मात्र होइन, बिहान सबेरै स्नान गर्ने, खाना खानुअघि बल हाल्ने, शुद्धवस्त्र धारण गरी खाना पकाउने र खाने, मांससेवन नगर्ने, योगा गर्ने, बासी खाना नखाने जस्ता अनेकौ संस्कार र नियम हिन्दू धर्ममा अवलम्वन गरिन्छ ।

हिन्दूधर्म संस्कृति संसारको प्राचीन संस्कृति र संस्कारको भण्डार नै हो । यसमा निहीत रहेका विषयवस्तु र फाइदा समयसमयमा आएका विपत्ति र महामारी पछि मात्र मानवले थाहा पाउने गरेका छ्न । पुर्वीय संस्कृतिको उजागर विस्तारै हुँदै छ । मानिसले समयक्रमानुसार अवश्य पनि हिन्दू संस्कृतिमा रहेका प्रत्येक बानी र व्यवहार अवलम्बन गर्नेछन् । कोरोनाले संसारभर नमस्ते गर्न सिकायो । जलवायु परिवर्तनको असरले कार्बनको मात्रा बढ्दै जाँदा हिन्दू धर्ममा देवत्वको अंश मानिएका पिपल र तुलसी रोप्न सिकाउनेछ । निरोगी र दीर्घायु बन्ने चाहना बढ्दै जाँदा योग गर्न सिकाउनेछ । मनलाई नियन्त्रण गरी मानसिक स्वास्थ्यलाई ठीक राख्न मन्त्र र जपको महत्व सिकाउनेछ । गुप्त प्राचीन ज्ञान, विज्ञान र अन्तरिक्ष बुझ्न संस्कृत भाषा सिकाउनेछ र एक दिन यस्तो आउनेछ, संसारभरका मानिस पूर्वीय संस्कृति र संस्कार अँगाल्न लालायित हुनेछन् । समयमै सजग भई आफ्ना जीवनशैली र बानीलाई सात्विक बनाई जीवनलाई सहज बनाउन जरुरी छ ।

(Visited 159 times, 1 visits today)
Loading comments...

आजको समाचार

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

साताका लोकप्रिय समाचार

बाग्मती किनारमै ‘चिता’

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

निषेधाज्ञाको पहिलो दिन : सुनसान सडक (फाेटाेफिचर)

काठमाडाैं ।  निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन...

गण्डकी प्रदेशमा मन्त्रिमण्डल बिस्तार, दीपक मनाङ्गे बने मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका...

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

ट्रेन्डिङ

युवतीको शंकास्पद मृत्यु, हत्या आरोपमा काका–काकी पक्राउ

रौतहट । रौतहटमा हिजो बुधबार फेरि शंकास्पद अवस्थामा एक युवतीको शब फेला परेको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका महमद...

पिसाब फेर्ने बहानामा बाँकेको आईसोलेशनबाट कोरोना संक्रमित फरार

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–२ को श्रीमाध्यमिक विद्यालय जोगागाउँ आइसोलेशन सेन्टरमा बसेका कोरोना संक्रमित आईसोलेशन सेन्टरबाट भागेका छन् । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय...

कोरोना संक्रमण नियन्त्रबारे जनस्वास्थ्य विज्ञसंग प्रधानमन्त्रीको छलफल

काठमाडौं । कोरोना संक्रमितको संख्या दिन दिनै बढ्दै गएपछि सरकारले नियन्त्रणका लागि नयाँ उपाय खोजी सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार...

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित

धनकुटा । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक महिला सांसदमा आज कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सांसदसहित उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको...

सजाय निर्धारण तथा कार्यान्वयन

हालसम्म नेपालमा अपराधीकरण नगरिएका आपराधिक कार्यलाई अपराधीकरण गरी कसुर कायम गर्ने, न्यायपूर्ण, शान्तिपूर्ण र सुरक्षित समाज सिर्जना गरी सर्वसाधारणको हित र सदाचार कायम गर्नका...

आज साउनको पहिलो सोमबार : उपत्यकाभरका शिवालय सुनसान

ललितपुर । कोरोना कहरका कारण साउनको पहिलो सोमबार प्रभावित बन्न पुगेको छ । विगतमा पहिलो साउने सोमबारका दिन शिवालयमा व्रतालुको उल्लेख्य भिड लाग्ने गरिए...

कोरोना प्रभाव : इटाली, इरानबाट भारतीयको उद्धार

नयाँदिल्ली । भारतीय अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् । कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा...

जसको क्यामरामा देश कैद छ

भक्तपुर । घुमन्ते फोटो पत्रकार भरतबन्धु थापा क्यामरासँग पौठेजोरी गरिरहन मन पराउनेमध्ये हुन् । लकडाउन वा कोरोना संक्रमण नभइदिएको भए अहिले उनलाई भक्तपुरको घरमा...

सिन्धुलीमा कोरोनाबाट पुरुषको मृत्यु, शव व्यवस्थापनमा स्थानीयको अवरोध

सिन्धुली । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सिन्धुलीमा थप एक जनाको मृत्यु भएको छ । बिहिबार विहान कमलामाई नगरपालिका ५ का ४८ वर्षिय...

उत्तरप्रदेश : अस्पतालमा बेड छैन, शवदाह गृहमा चौबिसै घन्टा लास जलिरहेको छ

एजेन्सी । भारत में कोभिड–१९ को दोस्रो खतरनाक लहर सुरु भएको छ । भारतको सबै भन्दा धेरै जनसंख्या रहेको राज्य उत्तर प्रदेशमा संक्रमण दर...

भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस, जोखिम बढ्यो

काठमाडौं । लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको...

रियलले पारिश्रमिक कटौती गर्ने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडले पनि कोरोना भाइरस (कोभिड–१९)का कारण क्लबको आम्दानीमा आउने गिरावटलाई ध्यानमा राख्दै खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)