नुवाकोट । नुवाकोट सदरमुकाम विदुरको बट्टारवजारबाट तारकेश्वर गाउँपालिकाको दाङसिंङ जाँदै गरेको यात्रुवाहक वस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा तीस भन्दा बढी घाइते भएका छन् ।
बट्टार बजारबाट दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नं.को यात्रुबाहक बस विदुर नगरपालिका वडा नं. १२ को चैतपुर भन्ने ठाउँमा दुर्घटना भएको हो । उकालो बाटोमा ब्रेक फेल भएर दुर्घटना हुँदा दुई जनाको घनास्थलमा र एक जनाको उपचारको लागि जिल्ला अस्पताल त्रिशूली लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा दुई पुरुष र एक महिला रहेको बताइएको छ । उनीहरुको सनाखत हुन वाँकी रहेको बताइएको छ ।
दुर्घटनाका घाइतेहरुको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । चार जनाको थप उपचारको लागि काठमाडौं पठाइएको छ । ३० जनाको जिल्ला अस्पताल त्रिशूलीमाउपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।