Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ प्रत्येक प्रदेशमा सेनाको आइसोलेसन वार्ड

प्रत्येक प्रदेशमा सेनाको आइसोलेसन वार्ड

,

काठमाडौं । नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ । सेनाले कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि सातै प्रदेशमा आफ्ना पृतनामार्फत २ हजारभन्दा बढी आइसोलेसन कक्ष निर्माण गर्नुका साथै संक्रमितको उपचार गर्न क्वारेन्टाइन वार्डसमेत तयारी अवस्थामा राखेको बताएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले हालसम्म सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको जनाएको हो । यस्तै, नेपाल सरकारले सीमामा स्थापना गरेका हेल्थ डेस्कमा समेत दक्ष स्वास्थ्यकर्मीलगायत सुरक्षाका लागि सैनिक अधिकारी परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी, विभिन्न जिल्लामा प्रदेश सरकारसँगको समन्वयमा सेनाले स्थानीयस्तरको क्वारेन्टाइन तथा आइसोलेसन वार्ड तयार गर्न सहयोग समेत गरिरहेको बताएको छ । कोभिड–१९ संक्रमणसम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सकसहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सबयुनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्थासमेत मिलाइएको सेनाले जनाएको छ । सेनाले कोभिड–१९ जोखिम नियन्त्रण सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्न तथा सो भाइरसविरुद्ध रोकथामका उपायसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइसकेको जनाएको छ ।

सो प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले आफू कार्यरत युनिटमा गई सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमा ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्ने कार्य सुरु गरिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी, सेनाले राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त विद्यार्थीलाई स्वयंसेवकका रूपमा सचेतना कार्यका लागि परिचालन गर्नसमेत सुरु गरिएको जनाएको छ । सेनाले परिचालित सकल दर्जाको सुरक्षाका लागि आवश्यक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई), मास्क, पन्जा तथा सेनिटाइजर उपलब्ध गराउनुका साथै मास्क, पीपीई तथा सेनिटाइजरको उत्पादनसमेत सुरु गरिसकेको छ ।

यस्तै, बिदाबाट फर्किएका व्यक्तिलाई अनिवार्य रूपमा ‘इन्डोर क्वारेन्टाइन’मा राखी कोरोना नलागेको यकिन भएपश्चात् मात्र ड्युटीमा सहभागी गराउने गरी सेनाले व्यवस्था गरेको छ । यसैगरी, ब्यारेक हाताभित्रका बासस्थानमा समेत ओछ्यानको दूरी घटीमा एक मिटरमा राख्ने र सकल दर्जालाई ब्यारेक हाताभित्र नै लकडाउन गरिएको जनाइएको छ ।

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

साताका लोकप्रिय समाचार

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

तिलोत्तमा नगर प्रमुख र उप–प्रमुखले आफुले चढदै आएको गाडी एम्बुलेन्स बनाए

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन्...

गलत संवैधानिक प्रावधानले गर्दा मुलुक संकटग्रस्त: मन्त्री साह

काठमाडौ। शहरी विकास मन्त्री प्रभु साहले गलत संवैधानिक प्रावधानले नै गर्दा मुलुक संकटग्रस्त बन्दै गएको बताएका छन् । नेपाल टेलिभिजनमा एक अन्तर्वार्ताको क्रममा मन्त्री साहले...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

ट्रेन्डिङ

पिसिआर परिक्षण दायरा नबढाउँदा जोखिम बढ्ने खतरा

बर्दिया । केहिदिन यता भारतबाट घर फर्कनेहरुको लर्को छ । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाका तथा नेपालगंज जमुनाहा नाकाबाट दिनहँ सयौँ मानिसहरु जिल्ला...

चिकित्सकको मनोबल उच्च बनाउँदै प्रधानमन्त्री, ‘सरकार तपाईंहरूसँगै छ, चिन्तित नहोऔं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक र स्वास्थ्य प्राविधिकहरूको मनोबल उच्च बनाउँदै कुनै चिन्ता नलिई उपचारमा खटिन आग्रह गरेका छन् । प्रधानमन्त्री...

अमेरिका बस्ने नेपालीले गरे बाँठाको उपचारमा सहयोग

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारमा सहयोग गरेका छन् । विभिन्न रोगबा ग्रस्त बाँठामगरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास...

नीतालाई स्वर्ण

काठमाडौं । सद्गुरु मास्टर्स कप अनलाइन इन्टरनेसनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । केरला कराते...

‘नीरफूल’को बदनामी गीत

काठमाडौं । प्रणय उत्सवको अबसर पारेर चलचित्र ‘नीरफूल’को नयाँ गीत दर्शकमाझ आएको छ । चलचित्र नीरफूलको ‘तिमी बदनामी…’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको...

श्रीमतिले श्रीमानबिरुद्ध बलात्कार गरे भन्दै उजुरी गरेपछि…

काठमाडौं । बाँसगढी नगरपालिका –९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई पक्राउ परेका छन् । उनको पक्राउ पर्नुको कारण बनेको छ , श्रीमतिलाई बलात्कार । उनकी...

कोरोना अपडेटः विश्वभर २ लाख ९८ हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स...

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष...

दुई बर्षदेखि फरार अभियुक्त पासवान पक्राउ

बरहथवा । सर्लाहीमा प्रहरीको सक्रियता दिन प्रतिदिन बढदै गएको छ । यतिबेला सर्लाही प्रहरी अपराध नियन्त्रणमा पूर्ण रुपमा सक्रियता देखाएको छ । जिल्लामा सर्लाही...

पत्रकारलाई सिडियोमार्फत् सोधपुछ

स्याङ्जा । समाचारका बिषयलाई लिएर स्याङजाका एक पत्रकारलाई प्रशासनमा उपस्थित गराई सोधपुछ गरेको घटनालाई नेपाल प्रेस युनियन स्याङजाले गम्भीरतापूर्वक लिएको जनाएको छ । विश्वव्यापी महामारीका...

निजामती सेवा दिवस : १० जनालाई उत्कृष्ट, ३० जनालाई निजामती सेवा पुरस्कार

काठमाडौ । निजामती सेवा दिवसको अवसरमा सरकारले १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारले पुरस्कृत गरेको छ...

सीमा रक्षक जनताको विकासमा ध्यान दिन नेकपा नेताको सुझाव

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा नेपाल–भारत सीमा रक्षामा खटिएका स्थानीय जनताको वृत्तिविकासमा सरकारले विशेष जोड दिनुपर्ने आवाज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)