जुम्लाको–त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु

जुम्ला । जुम्लाको त्रीवेणी–टोप्ला खण्डमा ट्«याक खुलेको एक दशक पछि स्तरउन्नती गरिदै छ । कर्णालीका चार जिल्ला छुने चौरजहारी–रारा राजमार्गको त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु गरिएको हो ।

त्रीवेणी–टोप्ला खण्डमा नालि सहित १० मिटर चौडा सडक विस्तारको काम सुरु भएको छ । जुम्लाको तिला ४ त्रीवेणीबाट तातोपानी ७ सर्मी सम्मको सडक विस्तार गर्ने गरि काम सुरु गरिएको सडक डिभिजन जुम्लाका इन्जिनियर विरेन्द्र रावलले बताए । ३ करोड ६८ लाख ३२ हजार ७ सय ८३ रुपैंया ५० पैंसा लागतमा १० मिटर सडक चौडा, नालि तथा ग्रावेलको काम धमाधम भइरहेको इन्जिनियर रावलले जानकारी दिए । स्तरउन्नतीको जिम्मा पाएको अभियान निर्माण सेवाले २०८० असार १५ सम्म सम्पन्न गर्ने सम्झौता अनुसार कामलाई तीव्रता दिएको जनाएको छ । त्रिवेणी टोप्ला सडक निर्माण भएको एक दशक सम्म समेत स्तरउन्नति हुन सकेको थिएन । सडक नाजुक हुँदा भेरिखोलाका दर्जज बढि गाउँका नागरिकले सास्ति खेप्दै आएका थिए ।

सडक स्तरउन्नति सुरु भएपछि भेरिखोलाका नागरिक जीवनस्तर सुध्रने आशा गरिएको तातोपानी ७ सर्मीका हरि कुँवरले बताए । ‘वर्षा याममा २ महिना सडक बन्द हुन्थ्यो, अप्ठेरो र साँघुरो सडकमा यात्रुवाहक सवारी चल्दैनथे, बिरामी समेत स्टेचरमा बोक्नु पथ्र्यो, अव यस प्रकारका कष्टबाट मुक्ति पाइने आशामा छौं ।’ तातोपानी ७ का कृष्ण खड्काले भने ।

जुम्लाको त्रीवेणी–टोप्ला खण्डलाई भेरिखोलाको जीवनमार्गको रुपमा लिइएको तातोपानी ७ का वडा अध्यक्ष तिलक रावतले बताए । जडिबुटी, पशुपालन र अन्न उत्पादनका हिसाबले अब्बल भेरिखोलालाई व्यवस्थित सडकले आत्मनिर्भरको बाटोमा लिने उनको विश्वास छ । अहिले तिला गाउँपालिका ४ रावतबाडामा काम भइहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'एमाले अध्यक्ष ओलीले पोखेको असन्तुष्टि वास्तविक होइन’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित