कलैयामा आधुनिक कृषि बजार निर्माण गर्ने कृषि मन्त्रीकाे घाेषणा

बारा । कलैयामा आधुनिक कृषि बजार निर्माण गरिने कृषि तथा पशुपक्षी मन्त्र ज्वाला साहले बताएकी छिन । शुक्रबार कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको टोली सहित जग्गाको निरीक्षण गर्दै आधुनिक कृषि बजार निर्माण गरिने बताएकी हुन् ।

बारा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले कलैया उपमहानगरपालिका वडा नम्बर ६ पावर हाउस स्थित रहेको ३४ कट्ठा जग्गामा आधुनिक कृषि बजार निर्माण गरिने बताईन ।

चाडै नै मन्त्रालयबाट खटेर आउने टोलीले डिपिआर गरि निर्माण कार्यको थालनी हुने मन्त्री साहले बताईन । कृषि बजार निर्माण सम्पन्न गर्नको लागि मन्त्रालयबाट रु २५ करोड रुपैयाँ बिनियोजन गरिसकेको जानकारी गराईन।

आफुले गरेको चुनावी प्रतिवद्धता अनुसार कृषि बजारको निर्माण प्रक्रिया अगाडि बढाएको बताए । ४ वटा ठाउँमा निर्माण हुने प्रदेश स्तरीय बजारको शुरूवात आफ्नो गृह जिल्लाबाट गर्दा आफु निकै नै हर्षित रहेको बताईन । आफुले ८४ वटा पालिकाहरूमा ठुलो र सानो आयोजनाहरू राखेर काम गरेको अवगत गराईन ।

उधोग वाणिज्य संघको मातहतमा रहेको कलैया डेरीलाई

यथासिघ्र सञ्चालनमा ल्याउनका लागि मन्त्रालयमा प्रक्रिया अगाडी बढाउने उनले जानकारी गराईन । दुधको मुल्य डाईरेक्ट किसानको हातमा जाने हिसाबले दुधको बढाउने मन्त्री साहले बताईन ।

आफुले कृषि मन्त्रीको कार्यभार सम्हालेदेखि किसानको हकमा लागि परेको दावी गरिन् । ६८ लाख मेट्रिक टन धानको आवश्यकता रहे पनि धान त्यो मात्रामा उत्पादन नभएको दुखेसो पोखिन । उत्पादन कसरी सृजना गर्ने त्यस्ता कार्यक्रमहरू स्थानीय तहको सहकार्यमा संचालनमा ल्याउन प्रतिवद्धता गरिन ।

उखु किसानको प्रत्येक सालको पिडा हेर्दै यसपाली आफुले उधोग मालिकहरूसँग छलफल गरि उखुमा प्रति क्विन्टल रु २० बढाएको जानकारी गराईन । विस्तारै किसानहरूको उखुको मूल्य बढाउने प्रति आफु गम्भीर रहने उनले बताईन ।

तीनै तहमा कलैयाका प्रतिनिधित्व भएकोले बाराको विकासको लागि सबैले दलगतको स्वार्थ त्यागी एकठाउमा लाग्न मन्त्री साहले आग्रह समेत गरिन ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डाक्टर चन्द्रप्रसाद रिमालले स्थलगत अनुगमन गर्दै विगतमा नगरपालिका र उधोग वाणिज्य संघको मातहतमा रहेको ३४ कट्ठा जग्गामा आधुनिक कृषि बजारको लागि उपयुक्त रहेको जानकारी गराए । अहिले नै दुवैको अनुमति लिई कागजी प्रोसेस सम्पन्न गरि डिपिआरको काम सम्पन्न गर्ने आयोजनाका निर्देशक रिसालले जानकारी गराए ।

बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संविधानसभाका सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, नेपाली काँग्रेसका जिल्ला सभापति राजेशराय यादव, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, आयोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रबिन्द्र महथा, बारा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवनाथ शर्मा, उपाध्यक्ष दिपु गुप्ता, महासचिव रामअसिस साह, प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेय लगायतकाको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित