Saturday, July 24, 2021
Homeविदेशकोभिड–१९ : दिल्लीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमण भेटिएन

कोभिड–१९ : दिल्लीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमण भेटिएन

,

भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ ।

मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भन्नुभयो, “विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ सङ्क्रमण भेटिएको छैन भने पाँच जना सङ्क्रमित विरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुशी भैहाल्ने अवस्था भने होइन ।” “अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।”

दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा (जनता कफ्र्यू) को सज्ञा दिएको छ ।

भारतमा मङ्गलबारसम्म ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भैसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म सङ्क्रमित नौ जनाको मृत्यु भइसकेको छ ।

Loading comments...

आजको समाचार

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

साताका लोकप्रिय समाचार

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु¥याउने निर्णय गरेको छ । साथै बैठकले...

पुल नहुँदा वारपार गर्न बयलगाडाको सहारा

  धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीका केही महिला शिवगंगा नदीको किनारमा रहेको चौरमा गाईगोरु, बाख्रा चराइरहेका थिए । नदीमा तिघ्रासम्मको पानी थियो । केही...

होटल श्रमिकद्वारा कोरोनाविरुद्धको खोप माग

काठमडौं । होटल श्रमिकहरूले काम थाल्नुअघि कोरोनाविरुद्धको खोप लगाउन माग गरेका छन् । नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको कोरोना महामारि नियन्त्रणकोलागि सरकारले गत १६...

‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

  सिन्धुपाल्चोक । बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको...

ट्रेन्डिङ

कोरोना जोखिम तीव्र: दैनिक ४ जनाको मृत्यु, संक्रमित २९ हजार नाघे

काठमाडौं । दैनिक चार जना कोरोना भाइरस संक्रमितको मृत्यु हुने गरेको पाइएको छ । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक रूपमा चार जना संक्रमितको...

प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?