पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ

बारा । पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  पथलैया–अमलेखगञ्ज सडकखण्डमा पर्ने पर्सा निकुञ्जको वन क्षेत्रभित्र घाँस दाउरा गर्ने नाममा महिलाहरूले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरूलाई बोलाएरै यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले २० देखि ३५ वर्ष उमेर समूहका वीरगन्जमा डेरा लिई बस्ने महिलाहरू रहेको जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका महिलाहरूलाई ५ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको क्षेत्रीले बताए । यसअघि प्रहरीले पटक पटक यस्तो गतिविधि गर्ने महिलाहरूलाई नियन्त्रण लिएर सम्झाई बुझाई गरेर छोड्दा  घटनामा नियन्त्रणमा नआएकोले यसपटक नियन्त्रणमा लिएर म्याद थप गरेको क्षेत्रीले बताए । 

जिल्लाको पथलैया–अमलेखगञ्ज र पथलैया–निजगढ सडकखण्डको जङ्गल क्षेत्रमा बसेर यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले यसअघि पनि पटक पटक महिलाहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छोड्ने गरेका थिए । ती महिलाहरू सो सडक खण्डमा घाँस दाउरा गर्ने नाममा बाटो छेउमा बसेर सवारी चालकहरूलाई बोलाउने र थोरै रकम लिएर यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ । 

सार्वजनिक स्थल तथा जङ्गल क्षेत्रमा सवारी साधन रोकेर यौनजन्य गतिविधि गरेका कारण सडक दुर्घटना बढेको तथा यौनजन्य रोगको सङ्क्रमण समेत बढ्ने  भन्दै नियन्त्रणमा लिएका महिलाहरूको एचआईभी परीक्षण गर्ने प्रहरीले जनाएको छ । यौनजन्य गतिविधिमा सङ्लन आरोपमा ७ जना महिलाहरूलाई नियन्त्रणमा लिएको प्रहरी सोही कार्यमा संलग्न पुरुषलाई भने बिना कारबाही त्यसै छोड्ने गरेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन