१६ मन्त्रालय प्रम दाहालकै काँधमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकारबाट बाहिरिएको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सोमबार बसेको पार्टी सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भन्दै आफूहरूले सरकारमा रहेर काम गर्ने सोच बनाए पनि प्रधानमन्त्रीको गलत व्यवहारका कारण एमाले सरकारबाट बाहिरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले एमाले र उसका मन्त्रीका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको छ ।

‘मन्त्रिपरिषद्को निर्णयको आधारमा जेनेभा जान लाग्नुभएका परराष्ट्रमन्त्रीलाई अन्तिम क्षणमा बिनाकारण नजान निर्देशन गर्नुभयो, हामीलाई सरकार छाड्न, नभए उहाँले हटाउने वा बिना विभागीयमन्त्री बनाउने अभिव्यक्ति दिनुभएपछि सरकारमा रहिरहन उचित देखेनौं । सोही कारण हामी सरकारबाट बाहिरियौं,’ उपाध्यक्ष पौडेलले भने ।

राष्ट्रपति उम्मेदवार मनोनयन गर्दा एमाले नेताले निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए । तर, आइतबार परराष्ट्रमन्त्री विमला पौड्याललाई जेनेभा जान प्रधानमन्त्री प्रचण्डले रोक लगाएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गत १० पुसको सहमति प्रधानमन्त्री प्रचण्डले उल्लंघन गरेको आरोप लगाए । सरकार गठनअघिको सहमति कार्यान्वयन नगरेकै कारण आफूहरूले राष्ट्रपति निर्वाचनसम्म सरकार नछोड्ने निष्कर्षमा पुगे पनि प्रधानमन्त्री प्रचण्डकै व्यवहारका कारण सरकारबाट बाहिरिने निर्णय गरेको उनी बताउ“छन् ।

संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय एमालेले गरे पनि प्रदेश’bout भने पार्टीले कुनै निर्णय गरेको छैन । यसैबीच एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालयको जिम्मेवारी प्रचण्डको काँधमा आइपरेको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लि“दै सरकारबाट बाहिरिएपछि एमालेका मन्त्रीले सम्हालेका मन्त्रालय प्रचण्ड आफैंले लिएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारबाट बाहिरिसकेका छन् । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । तर रास्वपाले सरकारबाट फिर्ता भए पनि समर्थन कायम नै राखेको छ ।

एमाले, रापप्रपा र रास्वपा सरकारबाट बाहिरिएस“गै १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफंैले लिएका हुन् ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपंक्षीमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री विमला राई पौड्याल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरि उप्रेतीले सोमबार आफ्नो राजीनामा पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

गत आइतबार राप्रपा पनि सरकारबाट बाहिरिएको थियो । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री थिए । राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर माओवादी केन्द्रसहित ८ राजनीतिक दलले कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने सहमति गरेसँगै राप्रपा सरकारबाट बाहिरिएको थियो ।

राजनीतिक परिस्थिति परिवर्तन भएको भन्दै राप्रपाबाट उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, ऊर्जा राज्यमन्त्री दीपक सिंहले राजीनामा दिएका थिए ।

उता, नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्रालय प्रचण्ड आफैंले राख्दै आएका छन् ।

गृह मन्त्रालय नपाउने भएपछि लामिछाने नेतृत्वको रास्वपाका २ मन्त्री र १ राज्यमन्त्रीले पार्टीको निर्णयअनुसार सरकार छोेडेको थियो । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका थिए ।

यसैगरी, सरकार निर्माणदेखि नै प्रधानमन्त्री प्रचण्डसँगै वन तथा वातारण, युवा तथा खेलकुद मन्त्रालय रहेको थियो । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी भएको थिएन ।

प्रधानमन्त्री प्रचण्ड नयाँ बनेको आठदलीय गठबन्धनमा छलफल गरेर अब मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत