पोखरामा पाँचौं सृजना कप सुरु

पोखरा । पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए ।

सृजना विकास केन्द्रले कास्की जिल्ला भलिबल संघसँग मिलेर सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल संचालन गरेको हो । आगामी १९ फागुनसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिएका छन् । तीमध्ये छात्रतर्फ ३० र छात्रातर्फ १५ टिम रहेको सृजना विकास केन्द्रका निवर्तमान अध्यक्षसमेत रहेका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् ।

सृजना विकास केन्द्रका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक गणेशबहादुर अधिकारीले विगतमा क्लबले विद्यालयस्तरमा सृजना रनिङ शिल्ड आयोजना गरेको स्मरण गर्दै सृजना कप रुपमा यहाँसम्म आइपुग्दा खुसी व्यक्त गर्छन् । प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले बताए । गत वर्ष पोखराको भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो । आयोजक सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले प्रतियोगिता नियमितरुपमा संचालन गर्दै जाने र आगामी दिनमा खेलाडीको हितको लागि अक्षयकोषसमेत स्थापना गर्ने बताए ।

उद्घाटन अवसरमा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँ, सृजना विकास केन्द्र सल्लाहकार समिति संयोजक गणेशबहादुर अधिकारी, जनप्रिय बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जनप्रिय मावि व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, खेल संयोजक मीनप्रसाद भट्टराई लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण