चिन र भारत जोड्ने सडक तत्काल निमार्ण गर्न राष्ट्रपतिको निर्देशन


दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारीले चिन र भारत जोड्ने सडक देशकै छोटो मार्ग दोलखा जिल्लाबाट हुने भएकोले तत्काल निमार्ण गर्न निर्देशन दिएकी छिन् ।

माथिल्लो तामाकोशी जलबिद्यु्त आयोजना सम्म करिब ११ सय मिटर सडक निमार्ण भई सकेको र बाँकी १२ किलोमिटर सडक निमार्ण गरेपछि तीन देश जोड्ने छोटो मार्ग तय हुने भएकाले ढिला गर्न नहुने बताइन् ।

ग्रामिण विकास टुकी संघको टुकी अवधारण र अभियानको ४५ औं बर्ष सम्पन्नको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गदै सम्माननिय राष्ट्र«पतिले सो बताएकी हुन् । दोलखा जिल्लाको विकासको लागी डाँङडुगे डाँडामा अन्तराष्टिय स्तरको फिल्म सिटी बन्ने घोषण भएको तर काम तदारुपताका साथ अघि नबढेकोले ढलिासुस्ती नगर्न राष्ट्रपति भण्डारी अपिल समेत गरिन् ।.
दोलखा जिल्लामा ४५बर्ष अघि ग्रामीण भेगका किसानको जीवनस्तर उकास्न टुकी अवधारणा सुरु गरिएको थियो । गरिबीको रेखामुनी रहेका कृषकलाई ब्यवसायिक कृषिको तालिम प्रदान गरी टुकी नामाकरण गरिएको दिनलाई स्मरण गरिएको छ । स्थापना कालदेखि हालसम्म प्रतिबद्ध टुकीहरुको अथक प्रयासले विकासको यो अवधारणा सफल भएको टुकी संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले राष्ट्रपति लाई जानकारी गराए ।

जिल्लाभर करिब ६ सय टुकीहरु सक्रिय भएको १४ बर्षपछि विक्रम संवत २०४८ सालमा जिल्लामा संघको विधिवत गठन गरिएको थियो । टुकी संघ मार्फत जिल्लाका हरेक कुना काप्चामा पुगेर विकासे काम गरिएको र काममा निष्पक्षता साथै पारदर्शीता अपनाउदै आइएको टुकी संघका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।जिल्लाका सबै स्थानीय तहसम्म संरचना निर्माण गर्ने र टुकी अभियान विस्तार गर्दै विशुद्ध सामाजिक अभियान फैलाउने कनम गरेको उनले जानकारी दिए । टुकीको मुल मन्त्र जल, थल, मल, बल, फल सम्बन्धी बिषय बस्तुमा आधारीत सैद्धान्तीक र व्यवहारीक ज्ञान र सीप हस्तान्तरण हुने १५ देखि २१ दिनसम्मको सघन अगुवा कृषक र ग्रामीण विकास स्वयंसेवक टुकी तालीम टुकी सृजना गर्ने मूल आधार भएको अध्यक्ष मकरध्वाज पाखरिनले बताए ।

टुकीको साझा संस्था दुवै टुकी संघहरुले महिला र बालबालिकाको स्वास्थ्य र पोषण सुधारको क्षेत्रमा पनि काम गर्दै आएको छ । यसबाट बिशेषत सुनौला एक हजार दिनको आमा तथा दुई बर्ष मुनिका बच्चाहरुको स्वास्थ्य तथा पोषण सुधारमा योगदान पुगेको पखरिनले जानकारी दिए । टुकी संघ सुनकोशी २०५६ सालमा आफ्नै स्रोतमा भवन निर्माण गरी कार्य सञ्चालन गरिरहेको छ । २०७२ सालको विनासकारी भुकम्पबाट आशिक क्षति भएको भवन मर्मत सम्भार तथा पुननिर्माण हुनुका साथै अर्को एक वटा तालीम कक्ष सहितको भवन निर्माण भएको राष्ट्रपतिलाई जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित