दोलखा । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचारको अन्त्य गरि देशमा शुसासन स्थापित गर्ने बर्तमान सरकारले मुख्य लक्ष्य रहेको बताएका छन् ।
मन्त्रालयका सचिवहरुसंग बैठक गरि प्रत्येक मन्त्रालयले एक महिनामा गर्ने काम, दुई महिनामा गर्नै काम ,छ महिनामा गर्ने कामको पूर्व तयार पेश गरि,सम्पन्नपछि प्रगति देखाउन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले निर्देशन दिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
नेपाल चेम्बर अफ कमर्श दोलखाको आयोजनामा भएको दोलखा महोत्सवको उदघाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बर्तमान सरकारले भ्रष्टचारको अन्त्य गरि देशमा शुसासन स्थापित गर्न मन्त्रालयका सचिव देखी स्थानिय स्तरका कर्मचारीहरुलाई समेत सचेत गराउने अभियान चलाउने योजना बनाएको प्रष्ट पारे ।
राष्ट्रको स्वाधिनताका लागि राष्ट्रिय एकता बनाउने, संबिधानको रक्षा गर्ने, शान्ति प्रकृयाका बाँकी काम पुरा गरि परिवर्तनलाई विस्तार गरेर समाजिक आर्थिक विकासमा परिणत गराउन बर्तमान सरकार लागि पर्ने मन्त्री श्रेष्ठले बताए ।
कोभिडपछि व्यापार व्यवसाय अझै लयमा नआएको र व्यापार व्यवसायलाई लयमा फर्काउन महोत्सव गरिरहेको चेम्बर अफ कमर्श दोलखाका अध्यक्ष बिक्ष्णु श्रेष्ठले जानकारी दिए ।
महोत्सव भव्य रुपमा प्रभावकारी बनाउने योजना रहेको समेत उनले बताए ।
महोत्सवमा जिल्लाका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक, कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाको ’boutमा बहस छलफल सुरु गरिएको छ । महोत्सवमा अपर तामाकोशीको स्थानीयवासीको शेयर अभौतिकिकरण शिविर गर्ने, जिल्लास्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिता हुने, पञ्चेबाजा तथा खैंजडी प्रतियोगिता गरिएको आयोजकले जानकारी दिएका छन् ।