बझाङ । जयपृथ्वी नगरपालिका–१० चैनपुर घर भएका अर्जुनबहादुर सिंहले आफ्ना बुबाको सम्झनामा सदरमुकाम चैनपुरमा रहेको जिल्लाको सबैभन्दा पुरानो सत्यवादी माविमा पुस्तालय भवन निर्माण गरिदिएका छन् ।
एकतले एक हल रहेको पुस्तकालय भवन निर्माण सम्पन्न भएपछि एक औपचारिक कार्यक्रम गरी सदरमुकामवासी सिंह परिवारले विद्यालय भवन हस्तान्तरण गरेका छन् ।

आफ्ना स्वर्गीय बुबा सोही विद्यालयका पूर्वशिक्षक ज्ञानबहादुर सिंहको सम्झनामा ज्ञानबहादुर सिंह स्मृति पुस्तकालय भवन नामकरण गरी भवनको तालासाँचो विद्यालय प्रअ रामदत्त उपाध्यालाई बुझाएको हो ।
हाल काठमाडांैमा बसोबास गर्दै अर्जुनबहादुर सिंहले भवन निर्माणका लागि ४१ लाख ७३ हजारमा स्थानीय र्निमाण व्यवसायी दलबहादुर विष्टलाई जिम्मा दिएका थिए ।
भवन हस्तान्त्रण समारोहमा सिंहका परिवारले सत्यवादी विद्यालय स्थापना गर्न आफ्ना पुर्खा जयपृथ्वीबहादुर सिंहसहित बुवाबाजेको ठूलो योगदान रहेकाले अहिलेको पुस्ताले पनि केही योगदान गर्नुपर्छ भनेर बुुबाको स्मृतिमा पुुस्तकालय भवन निर्माण गरिदिएको वताए ।
पुस्तकालय भवनले शैक्षिक सुधार आउने पनि भवन निर्माणकर्ता अर्जुनबहादुर सिंहले अपेक्षा गरे । यसअघि पनि सत्यवादी माविमा तुलसीराम जोशी, दलबहादुर विष्ट, महेश जोशीलगायतले छात्रवृद्धि कोष स्थापना गरिदिएका छन् । भवन निर्माणका लागि सिंह परिवारलाई धन्यवाद दिँदै विद्यालयका प्रअ रामदत्त उपाध्याले पुस्तकालय भवन ई–लाइबेरीका रूपमा उपयोग गर्ने बताए ।