दोहोरिरहने बर्डफ्लु संक्रमण र मानवीय सचेतना

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटिस्थित तीनवटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि १० फागुन २०७९ मा १ हजार ४ सय ८० कुखुरा, १ हजार ५० चल्ला, ४ हजार ५ सय २३ अन्डा र १ हजार ४ सय ७५ केजी दानालगायतका अन्य पदार्थ नष्ट गरिए । ललितपुरको खुमलटार, नागार्जुन–६ रामकोट, तारकेश्वर–७ सँगालछाप र शंखमूलमा गत महिना बर्डफ्लु देखिएपछि त्रास बढेको छ । नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवास्थित ठूलो खोला क्षेत्रमा माघ अन्तिम सातादेखि देखापरेको एभियन इन्फ्लुएन्जा भाइरस नियन्त्रणमा आएको छ ।

ढिलो गरी सञ्चारमाध्यममा ल्याएका कारण जनता सरकाप्रति विश्वस्त छैनन् । संक्रमणको डरले धेरै मानिसले कुखुराको मासु र अन्डा पनि खान कम गरेका छन् ।

बर्डफ्लु के हो ?

बर्डफ्लु ‘हाइली पेथोजेनिक एभियन इन्फ्लुएन्जा’ इटालियन शब्द सन् १९४३ को महामारीबाट प्रदान गरिएको हो । खासगरी कुखुरा, हाँस, पानीहाँस, परेवा, टर्कीजस्ता घरपालुवा चराचुरुंगी तथा जंगली चराचुरुंगीमा (चील, गिद्ध) टाइप ‘ए’ एन्फ्लुएन्जा ‘एच फाइभ एन वान’ (अर्थोमिक्सो भाइरस) विषाणुद्वारा लाग्ने स्वासप्रश्वासजन्य जुनोटिक सरुवा रोग हो । चराचुरुंगीमा यो रोग पहिलोपटक सन् १८७८ र मानिसमा सन् १९९७ हङकङमा पहिचान भएको होे । नपालमा पहिलोपटक सन् २००९ मा घरेलु पंक्षीमा बर्डफ्लु देखापरेको थियो ।

कारक विषाणु

भाइरस, प्राकृतिक रूपमा यो भाइरस चराहरूमा सुषुप्त रूपमा रहेका हुन्छन् । चरामा अति घातक र कम घातक गरी १५ किसिमका इन्फ्लुएन्जा ‘ए’ भाइरस विचरण गरिरहेका हुन्छन् । कुनैले कुनै प्रकारको लक्षण देखाउन नसक्ने तथा धेरैले साधारण रोगको लक्षण देखाउन सक्छन् । तर, केही प्रजातिका भाइरसले चाँडै सर्ने र चाँडै मृत्यु हुनेसम्म गराउँछन् । अति संक्रमित हुने खालको यो विषाणु ‘एच फाइभ एन वान’ (टाइप ए भाइरसको म्युटेन्ट) मानिसमा संक्रमण भएर ह्युमन फ्लुका विषाणुसँग मिलेर नयाँ विषाणु सिर्जना गरेमा महामारीको रूप लिनेछ । यसले विश्वव्यापी रूपमा नराम्ररी प्रभावित गरी करोडौं मानिसको मृत्यु हुने सम्भावना रहेको छ ।

कसरी सर्छ ?
बिरामी कुखुरा वा चराले विषाणुलाई बिष्टा (सुली), ¥याल म्युकसमार्फत शरीरबाट छाड्छ र सो वस्तुमा १० दिनसम्म हुन्छ । यस्ता वस्तुसँग संसर्ग हुँदा प्रदूषित भाँडा, आहारा, माटो, सुली वा मिसिएको खाना खाँदा, हावाका माध्यमबाट, फोहोर जुत्ताका माध्यमबाट अन्य कुखुरामा सर्छ । रोगी कुखुराको चर्केको फुल पनि रोगको स्रोत बन्न सक्छ । कुखुरा ओसारपसार गर्ने क्रममा जैविक सुरक्षाको उचित व्यवस्था नभएमा प्रवासी पंक्षीका आन्द्रामा प्राकृतिक रूपमै रहेका विषाणु जाडो छल्न सिमसार क्षेत्रमा आउँदा सर्छ ।

कुखुराको १ ग्राम सुलीमा लाखौं कुखुरालाई संक्रमण गर्न पुग्ने विषाणु हुन्छन् । जहाँसम्म कुखुराबाट मानिसमा सर्ने सम्बन्धमा रोग लागेका फार्ममा काम गर्ने मानिस, उपचार गर्ने तथा खोप लगाउने प्राविधिकहरूलाई संक्रमित जिउँदो र मरेका कुखुरा तथा चराचुरुंगीको प्रत्यक्ष सम्पर्क (हातबाट), ¥याल सुली तथा मासु, अन्डाजस्ता अप्रत्यक्ष र वातावरणीय स्रोतबाट सर्न सक्छ । जंगली चराचुरुंगीमा विषाणु भए पनि हतपत्ति प्रभावित हुँदैनन् । तर, घरपालुवा जनावर र चराचुरुंगी छिटो प्रभावित हुन्छन् । यो रोग पंक्षी–पंक्षीबीच, पशु–पशुबीच छिट्टै सर्न सक्ने भए पनि मानिसमा सर्न केही समय लाग्ने गर्छ । त्यसकारण तयार परिएको खानेकुरा टेबुलमा बसी खानेलाई कुनै जोखिम छैन तर त्यो खानेकुरा तयार पार्नेलाई भने जोखिम छ ।

मानिसमा बर्डफ्लु संक्रमण भएर ह्युमन फ्लुका विषाणुसँग मिली नयाँ विषाणु सिर्जना हुन गएमा भयानक महामारीको रूप लिने देखिन्छ । १५ वर्षमुनिका बालबालिकालाई ‘फ्लु’विरुद्ध खोप लगाउने गरेमा बढीमा एउटा महामारीको लहर रोक्न खोप सफल हुन सक्छ

लक्षण कस्ता ?

चराचुरुंगीमा मन्ददेखि गम्भीर लक्षणहरू देखापर्छन् । कुखुरामा बर्डफ्लु लाग्दा अकस्मात धेरै कुखुरा मर्नु, ज्वरो आउनु, झोक्राउनु, दाना नखानु, तिर्खाउनु, सेतो छेर्नु, अन्डा उत्पादन कम वा बन्द हुनु, दुब्लाउनु, स्वाँस्वाँ तथा छिँछिँ गर्नु, सास फेर्न गाह्रो हुनु, घा“टी बटारिने र स्नायु प्रणालीमा समेत असर (पक्षाघात) पर्नु आदि लक्षण हुन् । घातक रूपमा रोग पैmलियो भने हरियो छेर्ने, टाउको, सिउँर, छाती सुन्निने, खुट्टाका जोर्नीहरू रातो भई सुन्निने गर्छ ।

मानिसमा यसको संक्रमणको १८ देखि ७२ घण्टा अर्थात् प्रकोप एकदेखि दुई दिनभित्रैमा लक्षण देखिन्छ । यो सुरुमा सामान्य रूघाखोकीका रूपमा देखापर्छ । यसका मुख्य लक्षणहरूमा ज्वरो आउने, सुक्खा खोकी लाग्ने, जिउ दुख्ने, पातलो सिँगान तर रूघाखोकीमा भएजस्तै भने होइन, चल्न मन नलाग्ने, कमजोरी महसुस हुने, थकाइ लाग्ने, टाउको र घाँटी दुख्ने, घाँटी बस्ने, जीउको मासु दुख्ने हुन्छ । कसैकसैलाई त पातलो दिसा तारन्तार लाग्ने, वान्ता गर्ने, आँखा पाक्ने (रातो हुने) चाँडोचाँडो सास फेर्ने, सास फेर्न गाह्रो हुने, नाकबाट पानी अबिरल बगिरहने गर्छ । तर, रूघाखोकीमा जस्तै सिंगान बग्दैन, रिंगटा लाग्ने, बेहोस हुने र फोक्सोमा असर पर्न गई निमोनिया भएर अन्त्यमा मानिसको मृत्युसमेत हुने गर्छ । बर्डफ्लुले शरीरमा आक्रमण गरेको ४८ घण्टाभित्र मानिस मर्नसक्ने भएका कारण पनि यसलाई डरलाग्दो रोगका रूपमा लिइएको हो ।

कुखुराको मासु, अन्डा खाने कि नखाने ?

अमेरिकाको सीडीसीअनुसार एभियन इन्फ्लुएन्जा भाइरस नष्ट गर्न ५६ डिग्री सेल्सियसमा ३ घण्टा, ६० डिग्रीमा आधा घण्टा लाग्छ । साथै २२ डिग्री सेल्सियस वा पानीमा ४ दिनसम्म, शून्य डिग्रीमा १ महिनासम्म जीवित रहन्छन् । फ्रिज गरेर राखेमा वर्षौंसम्म यो भाइरस बाँच्न सक्छन् । फर्मालिन र आयोडिनले यसलाई सजिलै नष्ट गर्न सक्छ ।

मासु तथा अन्डामा वर्डफ्लु रोगका विषाणु पाइने भए पनि नेपालमा प्रायःजसो मासु पकाएर, बढी पकाएर, अझ प्रेसर कुकरमा पकाउने भएकाले तापक्रम १०० डिग्रीभन्दा माथि पुग्छ । अण्डा पकाउँदा भित्री तापक्रम ७० डिग्री पुग्छ । पकाउँदा विषाणु जीवित नरहने र विषाणु नभएको मासु खाएर रोग सर्ने सम्भावना नै रहँदैन ।

तर, जिउँदो पंक्षी चलाउँदा, ओसारपसार गर्दा, काटमार गर्दा सावधानी अपनाउने तथा काँचो मासु खाने चलनलाई बन्द गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पकाएर खाएको मासु र अन्डाबाट रोग सर्दैन तैपनि संक्रमित चराचुरुंगीको मासु नखानु नै बेस हो ।

उपचार

मानिस तथा कुखुरामा बर्डफ्लुको विशेष उपचार छैन तर बिरामी कुखुरा तथा मानिसलाई सहयोगात्मक उपचार गरिन्छ । राम्रो रेखदेख, खोर र फार्ममा निसंक्रमण, आवश्यक पोषक तत्वयुक्त दाना, ब्रोड एन्टिबायोटिकले केही हदसम्म कुखुरालाई बचाउन सकिन्छ । तर, बाँचेकामा पनि विषाणु रहिरहन्छ । मानिसमा भने बिरामी मानिसलाई कम्तीमा एक साता छुट्टै राखी लक्षणअनुसार सहयोगात्मक उपचार गर्नुपर्छ । व्यक्तिगत सरसफाईमा ध्यान दिने, प्रशस्त मात्रामा आराम, झोल पदार्थ खाने, रक्सी चुरोट नपिउने, खोक्दा हाँस्दा हाच्छिउँ गर्दा नाकमुख रूमालले छोप्ने गर्नुपर्छ । टेमिफ्लुजस्ता औषधि प्रयोग गरी मृत्युदर कम गर्न सकिन्छ । तर, भाइरस मार्न भने सकिँदैन ।
अन्त्यमा, प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन । जोखिम लिनुभन्दा आफ्नो घरपरिवार, छरछिमेक र राष्ट्रलाई सधैं सुरक्षित राख्न समयमै सचेत हुनुपर्छ । १५ वर्षमुनिका बालबालिकालाई ‘फ्लु’विरुद्धको खोप लगाउने, तर इन्फ्लुएन्जा भाइरसले आफ्नो जैविक संरचना परिवर्तन गरिरहने हुनाले बढीमा एउटा महामारीको लहर रोक्न खोप सफल हुनसक्छ । व्यक्तिगत सरसफाई र निर्मलीकरणमा विशेष ध्यान दिनुपर्छ । सरकारभन्दा जनता आफैं सचेत हुनु अत्यावश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह किन पुगे भक्तपुर ?