कानुन हातमा नलेऊ

सैनामैना नगरपालिका–१० फूलबारीकी १४ वर्षीया सीता ज्ञवालीको झारफुकका नाममा शारीरिक यातना दिएपछि उनको मृत्यु भएका कारण महिला झाँक्रीलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले पक्राउ गरी हिरासतमा राखे को छ । सुरुमा घाँटी र कानदुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई मातासँग देखाउन भन्दै अभिभावकले सै नामैना–१० बेम्टेनीकी २२ वर्षीया माता सोनिया रेश्मी कहाँ शनिबार साँझ लिएर गएपछि माताले उपचारका नाममा शारीरिक यातना दिएकी थिइन् ।

शरीरमा कसैको आत्मा चढेको र उक्त आत्मालाई भगाउने उद्देश्यले त्यसो गरिएको भनिए पनि माता वा झाँक्रीबाट यस्ता घटना निरन्तर घट्ने गरिरहेका छन् । पटक पटकको चेतावनी र सजायपछि पनि धामीझाक्रीले उपचारका नाममा कानुन हातमा लिएर मनपरि गर्न नछाडेकाले सरकार र सम्बन्धित निकायले यसको नियन्त्रण र सुधार’bout गम्भीरताका साथ सोच्नुपर्ने बेला आएको छ । उपचार वा झारफुक सामान्य कुरा हो तर कानुन नै हातमा लिएर जे पायो उही गर्न थालेको भेटिन्छ । नेपालमा उपचारको द्वैध पद्धति कायमै छ । बिरामी मानिसले भन्ने गरेका छन्, डाक्टरको औषधी पनि खाएको र धामीझाँक्री पनि गरेकाले कुन कुराले काम गरेर निको भइयो भन्न सक्ने अवस्था छैन । यसको अर्थ हो जत्तिको मे डिकल वा एलोप्याथिक उपचारमा विश्वास छ, उत्तिकै विश्वास धामीझाँक्रीमा पनि छ । त्यसैले बिरामी मानिसले मेडिकल उपचारसँगै धामीझाँक्रीसँग पनि उपचार गरिरहेका हुन्छन् । नेपाली समाज अझै पनि उदार अधकल्चो छ ।

सहमति भएमा यातनाका प्रकृति पनि आफ्नै आँखा अगाडि सहेर हेरिरहने उदार ताको नकारात्मक उपज हो । उदार मानिसको छाती विशाल हुन्छ त भनिन्छ, तर उदारताले समाजमा कमीकमजोरी गर्न प्रशस्त ठाउँ दिन्छ । यसले समाजमा हुने विकृति र विसंगतिलाई पनि आफ्नै आँखा अगाडि खेल्न र फस्टाउन दिन्छ । उदारता अज्ञानताको उपज पनि हो । अज्ञानताले मानिसलाई अधकल्चो बनाउँछ । न त कोरा माटोका रूपमा रहन दिन्छ, न त परि पक्वतातिरको बाटो अवलम्बन नै गर्न दिन्छ । नेपाली समाज र संस्कृतिमा यो जरा गाडेर बसिरहेको छ । बेलाबेलामा यसले ठूल्ठूला हानि र नोक्सानी हुने गरेको पनि देखाउने गरेको छ । सैनामैनाको झारफुकका नाममा घटाइएको घटना यसैको ज्वलन्त उदाहरण हो । संस्कार र संस्कृति लामो व्यावहारिक अभ्यासका उपज हुन् ।

यिनैको छहारीमा अनेकौं प्रचलन पनि मौलाउँदै आइरहेका हुन्छन् । प्रथा, परम्परा र प्रचलन हामीकहाँ विविध छन् । यिनका आफ्नै खास खास मान्यताहरू पनि छन् । ती मान्यतालाई हामीले समाजमा सहजै स्वीकार गरेका हुन्छौं । सैनामैनाकी माता सोनियाले बिरामी सीतालाई लछार पछार गर्दा, पटक पटक शरीरमा पानी खन्याउँदा, कपालमा समातेर घिसार्दा, पिटेको अवस्थामा जबरजस्ती पानी खुवाउँदा पनि उपस्थित समाज, अभिभावक र संरक्षक मौन रहन्छ । जब कि सामान्य मान्यतामा पनि यस्ता कार्य गलत र बर्जित छन् । त्यसैले निर्मम यातनाका यस्ता सोच, तरिका र विधि तथा प्रक्रियामा तुरन्त सुधार ल्याइनुपर्छ । कानुन हातमा लिने प्रक्रिया तुरन्त बन्द गराऊ !

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य