शिक्षा अधिकृत पौडेल १ लाख घुसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको छ ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा गएको अख्तियारको टोलीले सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पौडेलको कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी