च्याम्पियन्स र युरोपा अनिश्चित

न्योन । युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण युईएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले आगमी जुनलाई तय भएको युरोकप एक वर्षका लागि स्थगित गरिसकेको छ । च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानबुलमा मे ३० मा हुने तय थियो । युरोपा लिग २७ मेमा पोल्यान्डमा हुने तय थियो ।

यस्तै, यूईएफएले वुमन च्याम्पियन्स लिगको फाइनलसमेत स्थगित गरेको जानकारी गराएको छ । सरोकारवाला पक्षबीचको बैठक विकल्पहरूको विश्लेषण गरेर निश्चित समयमा मिति घोषणा गर्ने यूईएफएले जनाएको छ । च्याम्पियन्स र युरोपा लिगको प्रि–क्वार्टर फाइनलको दोस्रो लिगको खेल सञ्चालन भइरहँदा कोरोनाका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।

गत साता स्पेनिस क्लब एट्लेटिको मड्रिडले डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब बोरुसिया डर्टमन्ड, इटालियन क्लब एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सिया र जर्मन क्लब आरबी लाइप्जिगले इंग्लिस क्लब टोटेनहमलाई पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएको थियो ।

प्रि–क्वार्टर फाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले रियल मड्रिड, युभेन्ट्सले लियोन, बार्सिलोनाले नेपोली र बायर्न म्युनिखले चेल्सीसँग खेल्न बाँकी थियो ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने