बालुवाटार बैठकमा प्रभु साह पनि, गठबन्धन आबद्ध दलको संख्या १० दल पुग्यो

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ ९ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम जनता पार्टी पनि समावेश भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा साह नेतृत्वको आम जनता पार्टी पनि सहभागी भएको हो । सो बैठकले उपराष्ट्रपतिको उम्मेदवार चयन गर्नेछ ।

निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोके पछि गठबन्धनले बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो  ।

गठबन्धन आवद्ध दल मध्ये जनता समाजवादी पार्टी नेपालले रामसहाय यादव, नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेका छन ।

निर्वाचन आयोगले पुरुषलाई उम्मेदवार बनाउन नसकिने भने पछि गठबन्धन आबद्ध दलले नयाँ उम्मेदवार तय गर्ने कि साना दलले निर्णयलाई सदर गर्ने भन्ने ’boutमा निर्णय लिनेछन ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित