अष्ट्रेलियाको एडिलेडमा नेपाल महोत्सव हुने

एडिलेड । नेपालको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यसहित अष्ट्रेलियाको एडिलेड शहरमा नेपाल महोत्सव हुने भएको छ । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा १८ मार्च (४ चैत)मा हुने महोत्सवमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उपनेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले बताइन् । 

महोत्सवका लागि अष्ट्रेलियन डलर एक लाखदेखि एक लाख २० हजारसम्म खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ४० बटा स्टल हुनेछन् । जसमा १० वटा ठूला स्टल हुने बताए । मुख्य आर्कषणका रुपमा नेपालको विविधता झल्कने नेपाल हाउसको निर्माण गरिने भएको छ । जसमा नेपालका परम्परागत ढिकी जातो, भेषभुषा, हिमाल दृष्य समेटिएका फोटोहरु, त्यसै गरि धरहरा, पशुपति, स्वयंम्बु समेत राखिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम आजलाई स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
सर्लाहीको रामनगरमा आफ्नै काकालाई पराजित गर्दै अध्यक्ष जिते २२ वर्षे युवाले