डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ

केरला । भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन ।

महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।

भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर एक होटलमा लगेका थिए । सो होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए, त्यही नग्न तस्विर खिचेर सो पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुब्यर्हार गरेका हुन । त्यसपछि पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे पछि महिला डाक्टर प्रहरीकोमा गएकी थिइन । उनको उजुरीको आधारमा निशमलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार बाबुलाई आईपीसीको धारा ३७६  (बलात्कार) र सूचना प्रविधि ऐन २००० को धारा ६७ ए (इलेक्ट्रोनिक रूपमा यौनजन्य कार्य) अनुसारको सामग्री प्रकाशन वा प्रसारण गरेकोमा सजाय अन्तर्गत मुद्दा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 540 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी