Tuesday, April 7, 2020
Home बिचार सुरक्षाका सात सूत्र

सुरक्षाका सात सूत्र

सुरक्षा हाम्रो आधारभूत आवश्यकता हो । सुरक्षित वातावरणभित्रै सबैले आ–आफ्नै नियमित क्रियाकलाप र गतिविधि सञ्चालन गर्ने भएकाले सबैका निम्ति सुरक्षा उत्तिकै महत्वपूर्ण मानिन्छ । सुरक्षाको बहुपक्षीय महङवलाई दृष्टिगत गरी राज्यले सुरक्षा संयन्त्रमार्फत अल्पकालीन एवं दीर्घकालीन सुरक्षा व्यवस्था मिलाएको हुन्छ । तर, राज्यले अपनाएको औपचारिक, अनौपचारिक तथा आकस्मिक सुुरक्षा व्यवस्था मात्र कतिपय अवस्थामा सबैका निम्ति प्रभावकारी नहुन सक्छ । किनकि कहिलेकाहीँ असुरक्षाको कारक व्यक्ति आफैं पनि बन्न पुग्छ । यसकारण, अनुभूतिजन्य सुरक्षाका लागि राज्य मात्र होइन, नागरिक स्वयं पनि उतिकै सजग बन्नुपर्छ । अनुभूतिजन्य सुरक्षा व्यवस्था स्थापित गराउन सर्वसाधारण सबैले के कस्तो कुरामा ध्यान पु¥याउनुपर्छ ? यस विषयलाई सात सूत्रमा समेटेर प्रस्तुत गरिएको छ । ‘सेभेन टिप्स् अफ सेक्युरिटी’ नामकरण गरिएको यस सूत्रभित्र समाविष्ट विषयलाई सर्वसाधारणले उच्च महत्वसाथ व्यवहारमा लागू गर्ने एवं अनुशरण गर्ने हो भने असुरक्षाको कारक व्यक्ति आफैं हुन पाउँदैन । प्राकृतिक विपत्ति सम्बद्ध चुनौतीलाई हामी जतिसुकै सचेत भए पनि रोकथाम गर्न सक्दैनौं तर मानवजन्य चुनौतीलाई भने निम्न बुँदाहरूलाई अवलम्बन गरिए रोकथाम गर्न सकिन्छ । किनकि व्यक्तिमा आउन सक्ने सुरक्षा चुनौतीमध्ये करिब नब्बे प्रतिशत चुनौती यिनै सात सुरक्षा सूत्रभित्र आधारित रहन्छन् ।

सकारात्मक सोच
सकारात्मक सोच प्रसन्नता र आत्मसन्तुष्टिको प्रमुख माध्यम हो । जसले हाम्रो मानसिक विकार हटाएर मन मस्तिष्कलाई नै स्वच्छ र पवित्र बनाइदिन्छ । व्यक्तिमा हुने छलकपट, लोभलालच, भेदभाव, पक्षपात, घृणा, दुष्चरित्र र कुविचारजस्ता विसंगतिलाई सकारात्मक सोचले सधैंका लागि मनमस्तिष्कबाट हटाइदिने भएकाले सकारात्मक सोचाइ हुनुपर्छ । यस क्रममा चिन्ता नलिने, जुनसुकै कार्य गर्दा विविध पक्षबारे विश्लेषण गरी उत्तम ठहराएको कार्य मात्र गर्ने । आफूले गरेको कार्यबाट अरूलाई असर नपु¥याउने । हरेक कार्य गर्दा स्वच्छ र पारदर्शी कार्यशैली अपनाउने । सबैको भलो गर्ने । कसैको चित्त नदुखाउने । आफ्नो मेहनत र परिश्रमप्रति सन्तुष्ट बन्ने । मानसिक विकार उत्पन्न हुनै नदिने । संकुचित मानसिकता त्यागेर सम्पूर्ण समाजलाई नै आफ्नो ठान्ने हो भने त्यस्तो व्यक्तिलाई प्राकृतिक प्रकोपबाहेक मानवजन्य चुनौती आइलाग्दैन । यसर्थ, हामीले सधैं सकारात्मक सोच राख्नुपर्छ ।

सत्चरित्र
कतिपय अवस्थामा हाम्रो आफ्नै व्यवहार र चरित्र असुरक्षाको कारकतत्व बन्न पुग्छ । हुन त यो भनाइप्रति सबैको विश्वास नहुन सक्ला । हाम्रो बोली र व्यवहारमा मित्रलाई शत्रु र शत्रुलाई मित्रमा परिणत गर्न सक्ने विशेषता हुन्छ । हाम्रो कुशल व्यवहार र आदर्श चरित्र सबैका लागि प्रिय हुन्छ भने ठाडो मिजास र दुष्ट व्यवहार सबैका निम्ति अप्रिय बन्छ । यस सिलसिलामा सर्वप्रथम त हामी आफैं कुशल व्यवहार र चरित्रको नमुना बन्न सक्नुपर्छ । तर हामी आफैंमा चरित्रवान् भएर मात्र पुग्दैन । आफ्नै सन्तान र परिवारकै सदस्यको गलत व्यवहार र आचरण पनि हाम्रा लागि अभिषाप बन्न सक्छ । परिवारका सदस्यबाटै कतिपय अवस्थामा सुुरक्षा चुनौती निम्तन्छन् । यसर्थ, सुरक्षा चुनौती आउन नदिन आफू मात्र होइन, परिवारका सदस्यहरू, आफ्नै साथीभाई, सहकर्मी र सहयोगी, व्यावसायिक साझेदार, मान्यजनलगायत आफ्नो सम्पर्कमा आउने सर्वसाधारण सबैसँग हामीले आदर्श चरित्र र मिजासिलो व्यवहार अपनाउने हो भने हामीसँग कोही पनि चिढिन पाउँदैन । कुशल व्यवहार र आदर्श चरित्रले हामीलाई सबैको प्रियपात्र बनाउने भएकाले हामी सुरक्षित बन्न पुग्छौ. ।

साथै कुलतमा फसेको व्यक्तिको जीवन सधैं चुनौतीपूर्ण हुन्छ । कुलत विभिन्न प्रकारका हुन्छन् । सामान्यदेखि संवेदनशील अपराधिक घटना पनि कतिपय अवस्थामा कुलतमा पसेका व्यक्तिबाट घटेका दृष्टान्त अनेकौं छन् । सामान्यतया कुलत भन्नाले खराब बानीबेहोरा वा दुव्र्यसन भन्ने बुझिन्छ । मादक पदार्थको दुव्र्यसन, लागूऔषध दुव्र्यसन, चोरी डकैती, गुन्डागर्दी र हिंसा मात्र होइन, मानवीय क्रियाकलापसँग सम्बन्धित अन्य जनुसुकै विकृति पनि कुलतमा पर्ने भएकाले कुलत शब्द नै समाजविरुद्धको एवं गैरकानुनी ठानिन्छ । कुलती व्यक्तिले दण्ड सजायको भागिदार बन्नुपर्ने भएकाले ऊ सधैं चुनौतीको घेराभित्र रहेको हुन्छ । असुरक्षाकै चुनौतीबाट ऊ अलगिन सक्दैन । अत्यन्त निकट ठानिने आफ्नै साथीसंगतिबाटै उसले जोखिमको सामना गर्नुपर्छ । यसर्थ, हामी कसैको बहकाउमा नलाग्ने, क्षणिक आनन्दमा नरमाउने, अर्काले गर्ने गलत कार्यको देखासिकी नगर्ने, स्वास्थ्यलाई हानि गर्ने चिजवस्तु सेवन नगर्ने, कुलतीसँग संगत नगर्ने हो भने हामी कुलतबाट जोगिन्छौं । कुलतले हाम्रो सत्चरित्रमा आघात पु-याउने भएकाले यसबाट जोगिनु पनि आफू सुरक्षित बन्नु हो ।

सदाचार
धनसम्पत्ति गुमे पुनः आर्जन गरेर फर्काउन सकिन्छ तर इज्जत प्रतिष्ठा वा नैतिकता गुमे पुनः फर्काउन सकिँदैन । नैतिकता हाम्रो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । नैतिकता गुमाउने व्यक्तिले जीवनको सबै थोक गुमाउने भएकाले जस्तोसुकै विषम परिस्थितिमा पनि हामीले नैतिकता ह्रास हुन दिनुहुँदैन । नैतिकताभित्र व्यक्तिको सत्चरित्र र इमानदारिता हुने भएकाले सुखी र सम्पन्न व्यक्तिमा मात्रै नैतिकवान् हुन्छ भन्ने हुँदैन । सुविधा सम्पन्न व्यक्ति नै अनैतिक बनेका, विपन्न व्यक्ति नैतिकताको आदर्श नमुना बनेका दृष्टान्त समाजमा प्रशस्त छन् । हामी इमानदार छौं, नैतिकवान् छौं, परिवारका सदस्यहरू सबैलाई नैतिक आचारणयुक्त बनाएका छौं भने समाजमा स्वतः हाम्रो इज्जत र प्रतिष्ठा बढ्छ । अन्य सबै व्यक्ति पनि हामीबाट प्रभावित हुने भएकाले नैतिकवान् व्यक्ति परिवारको मात्र होइन, समाजकै साझा सम्पत्ति बन्न पुग्छ । निष्ठुरी र अत्यन्त कठोर हृदय भएकाले व्यक्तिको मन मस्तिष्कलाई पगाल्ने शक्ति हाम्रो नैतिकतामा हुने भएकाले नैतिकवान् व्यक्तिको अगाडि मानवजन्य चुनौतीहरू स्वतः निष्क्रिय बन्दै जान्छन् ।

यस क्रममा हामीमा उत्पन्न हुने प्रलोभनले सीमा नाघेमा हाम्रो सदाचारलाई भताभुंग बनाइदिन्छ । प्रलोभन हाम्रो मानसिक दुर्गुण हो, जसले व्यक्तिलाई नकारात्मक कार्यतर्फ अभिप्रेरित गराउँछ । अधिकांश प्रलोभनयुक्त व्यक्ति स्वावलम्बी बन्न सक्दैनन् । स्वावलम्बित व्यक्तिअर्काको भर पर्दैन तर प्रलोभनयुक्त व्यक्ति अर्काको दयामाया र निगाहमा आश्रित हुन पुग्छ । प्रलोभन र लोभलालचबीच अन्तर सम्बन्ध हुने भएकाले कतिपय अवस्थामा यही पृष्ठभूमिबाट व्यक्तिमा अपराधिक मानसिकता विकसित हुन पुग्छ । अपराधिक मानसिकताले सधैं चुनौतीहरू निम्त्याउने भएकाले व्यक्ति विशेषका लागि यो हानिकारक मानिन्छ । यसर्थ अर्काको भर नपर्ने । कसैको डाह र इष्र्या नगर्ने । अर्काको धन सम्पत्तिउपर लालच नगर्ने । नैतिकता गुमाएर आर्जन नगर्ने । आफ्नै काम कर्तव्यप्रति लगनशील हुने । आफूले गर्दै आएका पेसा वा व्यवसायप्रति सन्तुष्ट रहने तथा स्वावलम्बी बन्ने प्रयत्न गर्ने हो भने व्यक्तिले अर्काको भर पर्नुपर्दैन । यस्ता व्यक्ति सधैं सदाचारयुक्त ठहरिन्छन् । आफ्नै मिहिनेतमा निर्भर रहने सदाचारी व्यक्ति परनिर्भरकर्ताभन्दा तुलनात्मक रूपमा बढी सुरक्षित रहन सक्छ भन्ने कुरालाई हामीले सधैं ध्यान पु-याउनुपर्छ ।

सुसम्बन्ध
सामान्यतया सबै व्यक्तिमा आफ्नो र पराई भन्ने भावना हुन्छ, यो मानवीय गुण नै हो । व्यक्तिको मात्र होइन, समाज र राष्ट्रकै उत्थान र विकासका निम्ति आफ्नो र पराई भन्ने दृष्टिकोण आवश्यक पर्दछ । तर, यसको पनि निश्चित हद हुन्छ । आफ्नो र पराईको भावनालाई हामीले कुन हदसम्म कायम राख्ने कुन हद नाघेपछि यसलाई सामूहिक वा हाम्रो ठान्ने ? हद निर्धारण गर्नुपर्ने यो अत्यन्त महत्वपूर्ण कुरा हो । सुरक्षा चुनौती निम्त्याउने प्रमुख कारणभित्र यो दृष्टिकोण पनि पर्दछ । हाम्रो दैनिक व्यावहारिक जीवनमा आवश्यक पर्ने उपभोग्य वस्तुको प्रयोग र यो प्राप्त हुने माध्यमको आधारमा आफ्नो र पराईको सीमाहरू कायम हुन्छ । आफ्ना आवश्यकता आफैंले पूरा गर्नुपर्ने र आफूबाट पूरा हुन नसके जीवन र मृत्युको सवाल उत्पन्न हुन सक्ने अवस्थासम्म आफ्नो र पराई भन्ने भावना कायम रहन्छ । तर, हामीलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुको व्यवस्था आफूले गर्नु नपर्ने, त्यसको परिपूर्ति समुदाय वा राज्यबाटै हुने हो भने हामीमा निहित आफ्नो र पराई भन्ने संकुचित मानसिकताले बृहत् स्वरूप लिँदा मेरोबाट यो दृष्टिकोण हाम्रोमा परिणत हुन्छ । तथापि, भौतिक चिजवस्तु सबैको साझा ठानिए वा त्यसप्रति सबैको समान अपनत्वको दृष्टिकोण रहने हो भने समाजमा चुनौती निम्तँदैन । यसैले संकुचित मानसिकता त्याग्ने, उदार र बृहत् दृष्टिकोण राख्ने, आफ्नो र पराई नठान्ने घृणा र तिरस्कार नगर्ने, सबैलाई आदर सम्मान गर्ने सबैको साथ सहयोगी बन्ने तथा सबैलाई मानव जातिकै एकै परिवारको सदस्य मानी अपनत्व कायम राख्ने हो भने त्यस्तो व्यक्तिसामु सुरक्षा चुनौती देखा पर्दैन ।

अपरिचित व्यक्तिले बदनियतपूर्ण ढंगले प्रदान गर्ने साथ र सहयोग हाम्रा लागि घातक हुन सक्छ

समान व्यवहार
हामीबाट हुने विभेदित व्यवहार नै कतिपय अवस्थामा आफ्नै असुरक्षाको कारकतत्व बन्न सक्छ । हरेक व्यक्तिको सोचाइ र दृष्टिकोण आ–आफ्नै प्रकृतिको हुन्छ । हामीले अपनाउने सामान्य व्यवहार पनि कतिपयको नजरमा स्वाभाविक देखिन्छ भने त्यही व्यवहार कसैका लागि असामान्य र अप्रिय ठानिन्छ । यसो हुनुको प्रमुख कारण व्यक्तिमा हुने मूल्यांकन क्षमता एवं सोचाइ र दृष्टिकोणको अन्त्य नै हो । यसर्थ हामीले सर्वप्रथम सबैसँग समान व्यवहार गर्नुपर्छ । कसैलाई भेदभाव गर्नुहुँदैन । हाम्रो व्यवहार राम्रो र मिजासिलो हुनुपर्छ । कसैलाई झुक्याउनु र धोका दिनुहुँदैन । आफूलाई विश्वास गर्ने व्यक्तिप्रति कहिल्यै पनि विश्वासघात गर्नुहुँदैन । आफ्नो व्यवहारले कसैलाई हानि नोक्सानी पु¥याउने वा चित्त दुखाउने कार्य गर्नुहुँदैन । सबैसँग मित्रता कायम राख्नुपर्छ । कसैउपर घृणा वा तिरस्कार गर्नुहुँदैन । सुखदुःखमा सबैलाई आफूबाट हुन–गर्न सक्ने सहयोग पु-याउनुपर्छ । आफ्नो परिवारका सदस्यलाई पनि सदव्यवहार युक्त बनाउनुपर्दछ, जसले गर्दा परिवारकै सदस्यको दुष्ट व्यवहारबाट सुरक्षा चुनौती ननिम्तियोस् । यसरी हामी र आफ्नो परिवारका सदस्य सबै सदव्यवहारयुक्त भए हाम्रो व्यवहार अरूका लागि असरदायी नबन्ने हुँदा सो कारणबाट हामीमा मानवजन्य सुरक्षा चुनौती आउन सक्दैन ।

सहयोगी भावना
सुरक्षा चुनौती आइलाग्न नदिने प्रमुख उपायमध्ये सहयोगी भावना पनि एक हो । सबैलाई साथ सहयोग पु¥याउने व्यक्ति व्यावहारिक रूपमै सुरक्षित बन्ने गर्दछ । किनकि ऊसँग हुने सहयोगी भावनाले निष्ठुर एवं क्रोधित व्यक्तिलाई पनि वशमा राखिदिन्छ । सहयोगी भावनाले शत्रु पनि मित्रमा परिणत हुने भएकाले त्यस्ता व्यक्तिउपर सितिमिति मानवजन्य चुनौती मिल्दैनन् । सामाजिक जीवन यापनको क्रममा नित्य समाजसेवालाई महत्व दिने । स्वार्थरहित सेवा पु¥याउने । सेवाग्राहीलाई साथ सहयोग पु¥याउने । असहाय विपन्न, दिनदुःखीको सेवा गर्ने । सेवा गर्दा सधैं स्वच्छ र पारदर्शिता अपनाउने । आफ्नो मात्र होइन, समुदाय र समाजकै हित र भलाइका कार्य गर्न सधैं सक्रिय हुने । अप्रत्याशित रूपमा आइलाग्ने आपतविपतमा आफूबाट हुन गर्न सक्नेसम्मको सहयोग सबैलाई पु¥याउने । पक्षपातरहित ढंगले समानुपातिक रूपमा सेवा पु¥याउने । यसरी सहयोगी भावनाले समर्पित हुने व्यक्तिले सबैको साथ सहयोग पाउने, सबैको प्रियपात्र बन्ने भएकाले उसले सुरक्षा चुनौती सामना गरिरहनुपर्दैन ।

सावधानी
अक्सर गरी होसियार नबन्ने व्यक्तिले नै बढी मात्रामा चुनौतीको सामना गर्नुपर्छ । आइलाग्ने चुनौतीलाई निष्क्रिय बनाउने प्रमुख अस्त्र नै हामीले अपनाउने सजगता र सावधानी हो । दैनिक कामकार्य गर्दा, आवागमन गर्दा, लामो यात्रामा निस्कँदा, कार्यालय वा आवासमा रहँदा, एकल वा सहकर्मीसँग कार्य गर्दा, परिचित एवं अपरिचितसँग व्यवहार गर्दा, सवारीसाधन चलाउँदा, पैदल हिँड्दा हामीले सजगता अपनायौं भने हामीले अपनाउने सजगता नै आइलाग्ने चुनौती प्रतिकारको प्रमुख माध्यम हुन पुग्छ । किनकि हामीले गर्ने सावधानीपूर्ण कार्यमा चुनौती निष्क्रिय बनाउने योजनाको खाकासहितको एक्सन प्लान पनि सँगै रहेको हुन्छ । यो मानसिकताले सावधानीपूर्वक कार्य गरिए हामी सुरक्षित बन्छौं । सुरक्षा सावधानीसहित गरिने कार्य कहिल्यै पनि हाम्रो लागि असरदायी हुँदैन ।

यस क्रममा अपरिचित व्यक्तिसँग हामी सधैं होसियार रहनुपर्छ । अत्यावश्यक नपरी अपरिचितले दिने सेवा र सहयोग स्वीकार्नु पनि हुँदैन । कतिपय अपरिचित व्यक्तिले बदनियतपूर्ण ढंगले प्रदान गर्ने साथ सहयोग हाम्रा लागि घातक हुन सक्छ । यात्राको क्रममा अपरिचितले पेय पदार्थलगायत खाद्य परिकार खुवाएर बेहोस बनाई लुटपाट गरेको, साथमा रहेको सम्पूर्ण सरसमान लुटेको, महिलाउपर अभद्र व्यवहार गरेको हामीले सुनेको छौं । नजिकिने बहानाले लगाएको गरगहना थुतेको, आँखामा खुर्सानीको धुलो हाली साथमा भएको नगद र अन्य धनमाल लुटी भागेको घटनाबारे पनि हामी जानकार छौं । यस्ता घटना आपराधिक प्रवृत्तिका अपरिचितबाटै हुने गर्छन् । यसर्थ, यात्रा गर्दा होस् वा कार्यालय कम्पाउन्डमा रहँदा तथा निवासमा रहँदा समेत अपरिचितसँग हामी सावधान रहनुपर्छ । मीठो बोलीवचन र व्यवहारकै भरमा अपरिचितसँग झट्ट विश्वास गर्नुहुँदैन । यसो गरिए केही हदसम्म हामी सुरक्षित हुन्छौं ।

(Visited 125 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण...

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता दिने निर्णय गरेको छ...

भर्खरै

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४...

धेरै पढिएका

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४...

ई-पेपर

(Visited 25 times, 1 visits today)