‘ग्यासलाइट’ को ट्रेलर सार्वजनिक

भारतीय अभिनेता अक्षय ओबेरोय अभिनित फिल्म ‘ग्यासलाइट’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म ३१ मार्चमा हटस्टारमा रिलिज हुनेछ । फिल्ममा अक्षयसँगै राहुल देव, विक्रान्त मेसी, चित्रांगदा सिंह र सारा अली खानको पनि अभिनय रहेको छ ।

२ मिनेट १० सेकेन्डकाे उक्त ट्रेलरमा निकै रहस्यमय दृष्यहरू देखाइएकाे छ । फिल्ममा सारा अपाङ्गकाे भूमिकामा देखिएकी छिन् ।

अक्षयले सामाजिक सञ्जालमा फिल्मको ट्रेलर पोस्ट गर्दै लेखेका छन्– ‘यो रहस्यमय फिल्म हो । यो फिल्ममा मेरो चरित्र पनि निकै रहस्यमय छ । फिल्म ‘ग्यासलाइट’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा काम गर्दा निकै रमाइलो अनुभव पाए ।’

निर्देशक पवन कृपलानीद्वारा निर्देशित यो फिल्म एक मर्डर मिस्ट्री मा आधारित छ । सस्पेन्स थ्रिलरको श्रेणीमा साराको यो पहिलो फिल्म हो ।
यस फिल्ममा अक्षय सँगै राहुल देव पनि मुख्य भूमिकामा छन् । ट्रेलरमा सारा अली खान र विक्रान्तको अभिनयलाई निकै रुचाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लुम्बिनीका सबै स्थानिय तहमा संयुक्त संयन्त्र बनाउने गठबन्धनको निर्णय (निर्णयसहित)