साहित्यिक कृति सम्पादक चार जना पुरस्कृत

काठमाडौं । यतिबेला ५०औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) मनाइरहेको साहित्यिक पत्रकार संघले बुधबार काठमाडौंमा एक समारोहबीच चार जना पुस्तक सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

कार्यक्रममा संघबाट पुस्तक सम्पादकमा प्राडा लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी सम्मानित र पुस्तक सम्पादक पारसप्रकाश नेपाल एवं रोयल आचार्य पुरस्कृत भएका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे । दुई दशकदेखि साहित्यिक कृति सम्पादन गरेका पारसप्रकाश नेपालले १ सयभन्दा बढी कृतिको सम्पादन गरेकाले उनलाई ११ हजार १ सय रुपैयाँसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार–२०७९’ प्रदान गरेको अध्यक्ष लेकालीले बताए ।

यस्तै, एक दशकदेखि दर्जन बढी पुस्तक सम्पादन गरेका कपी एडिटर रोयल आचार्यलाई युवा पुस्ताबाट चयन गरेर ५ हजार ५ सय रुपैयाँसहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको पनि अध्यक्ष लेकालीले कार्यक्रममा बताए ।

यस्तै, करिब १÷१ सय कृति सम्पादन गरिसकेका कपी एडिटरद्वय प्राडा लक्ष्मणप्रसाद गौतम र विमल भौकाजीलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’बाट सम्मानित गरियो ।

उपकुलपति शम्भु राईले कार्यक्रममा बोल्दै कृति सम्पादक जहिले पनि छायामा पर्ने हुँदा उनीहरूको योगदान खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रशंसनीय कार्य भएको बताए । नेपाली कृतिलाई राम्रो बनाउन कृति सम्पादकको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

सम्मानित व्यक्ति गौतम र भौकाजीले सम्पादकले पुस्तकलाई पूर्णता दिने भए पनि उनीहरूको नामसमेत राख्न लेखकहरूले कन्जुस्याइँ गर्दै आएको बताए । पुरस्कृत कपी एडिटरद्वय नेपाल र आचार्यले सम्पादन क्षेत्रमा आपूmहरूको योगदान तथा भोगाइ’bout कार्यक्रममा चर्चा गरे ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष विश्व विमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, की कोषाध्यक्ष पद्यमावति सिंह, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मानित र पुरस्कृत स्रष्टाको योगदानको चर्चा गर्दै संघले साहित्यिक पत्रकारका लागि राम्रा काम गर्दै आएको बताउँदै स्वर्ण महोत्सवभरि अरू पनि थुप्रै कार्यक्रम गर्ने’bout जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा