एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै

५३५ प्रतिनिधि काठमाडौमा

काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ ।

महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन । दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी हुदैछन । 

११औं महाधिवेशनको उद्घाटन पुर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको तथा युनियनको कार्यसमिति निर्बिरोध चयन गरिने युनियनका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कपिल गौतमले जानकारी दिए। गौतम महाधिवेशनमा महासचिवको दावेदार हुन । उनी २०७० सालदेखि निरन्तर रूपमा युनियन सचिवको जिम्मेवारीमा छन ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
केशव स्थापित भन्छन्, मेयर जितेपछि राजदरवारको पर्खाल तोड्छु