५ चैतबाट फ्लोरमा जय हो

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’ को औपचारिक घोषणा गरिएको छ । बिहीबार साँझ काठमाडाै‌ंमा टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्मको घोषणा गरिएको हो ।

सलोन सलिना फिल्मस्को व्यानरमा बन्ने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ र अतिथि भूमिकामा रोहित रुम्बा रहनेछन् ।

फिल्ममा सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, दिप्ट प्रकाश अधिकारीको मुख्य सहायक निर्देशन रहनेछ ।

यही चैत ५ देखि फ्लोरमा जाने फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने फिल्म आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'एमाले अध्यक्ष ओलीले पोखेको असन्तुष्टि वास्तविक होइन’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित