वात्स्यायनको नागरिक अभिनन्दन

पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ ।
उमेरले ८० वर्ष पुगेका पोखरेली कलाकार वात्स्यायनको सम्मानमा यहाँका करिब ३ दर्जन साहित्यिक तथा वाङ्मयिक संस्थाले उनको भव्यरुपमा नागरिक अभिनन्दन तथा रथारोहण गराएका हुन् । आफ्नो पुस्ताका उत्कृष्ट कलाकार वात्स्यायन कार्टुनका बादशाहको रुपमा चिनिन्छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक, वाङ्मयिक संस्था गरी ३२ संघसंस्थाले कलाकार बरालकै निवास नदीपुरदेखि विन्ध्यवासिनी मन्दिरसम्म रथारोहण गराई अभिनन्दन गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

वात्स्यायन निवास नदीपुरदेखि सुरु रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो ।

कार्यक्रममा परिवारका अध्यक्ष पौडेलले पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा वात्स्यायनले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै विगतमा उनीसँगको सानिध्यता स्मरण गरे । देशकै निधिको अभिनन्दन गर्ने अवसर पोखरेलीको लागि सुनौलो सौभाग्य भएको भन्दै सहभागी सबैलाई धन्यवाद समेत दिए ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कलाकार बरालको जीवनीको आद्योपान्त सुनाए । श्रेष्ठका अनुसार बरालको व्यङ्ग्यचित्रले उसबेलाको शासकको मथिङ्गल हल्याइदिन्थ्यो ।

१९९९ चैत ५ मा आर्बा (हाल पोखरा १३) मा जन्मिएका बरालले नेपाली कला क्षेत्रमा लामो समय योगदान पु¥याएका छन् । उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका उनले जगदम्बा श्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्करा, अननिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्करा, हाँस्ने पुरस्कार, बासुदेव लुइँटेल पुरस्कार पाइसकेका छन् । उनका चार ओटा एकल चित्रकला प्रदर्शनी भइसकेको छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका उनले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसकेका छन् । पछिल्लो समय उनी कान्तिपुरमा कार्टुन कोर्थे ।

सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उनले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डो¥याउन उल्लेख्य योगदान दिएका छन् । उनले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गरेनन्, थुप्रै अनुजलाई दीक्षितसमेत गरे ।

बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएका छन् । पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि उनैलाई जान्छ । साथै पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उनको योगदान छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी