‘कोसी’ प्रदेश नामकरण खारेजीको माग राख्दै प्रदर्शन

इटहरी । कोसी प्रदेश नामकरण खारेज हुनुपर्ने भन्दै आइतबार दिनभर विराटनगरमा प्रर्दशन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सीमित क्षेत्रमा निषेधित घोषणा गरे पनि अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच लफडासमेत भएको थियो ।

प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दा प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार प्रदर्शनमा आक्रोशित भीडले मुख्यमन्त्री कार्यालयअगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्काे नाराबाजीसमेत गरेका छन् ।

उनीहरूले एमालेको विरुद्धमा पनि नाराबाजी गरेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयछेउ रोड शेषमा प्रदर्शनकारी पुगेका थिए । प्रदेशको नामकरण खारेजीको माग राख्दै विभिन्न पहिचान पक्षधर आन्दोलित बनेका छन् ।

गत फागुन १७ गते प्रदेश १ को नाम प्रदेशसभाको बहुमत सदस्यले ‘कोसी’ पारित गरेको हो । तर, पहिचान पक्षधरले भने किराँत, लिम्बूवान, किराँत–लिम्बूवान जस्ता नाम राख्नुपर्ने भन्दै आन्दोलनरत छन् । यसअघि उनीहरूले फागुन २८ गते प्रदेशभर बन्दको घोषणा गर्दै आन्दोलन गरेका थिए । त्यसबेला बिहानको समयमा बन्दको प्रभाव परे पनि दिउँसो भने बन्दको प्रभाव न्यून थियो ।

सोही आन्दोलनलाई निरन्तरता दिन ५ चैत आइतबार मुख्यमन्त्री कार्यालयअगाडि टाउकोमा कालो पट्टी बाँधेर आन्दोलनरत प्रदर्शनकारीले कोसी नामको विरोध गरेका हुन् । दर्जनौंको संख्यामा भेला भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्कीको विरुद्वमा चर्को नाराबाजीसमेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको शव निकालियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चार पालिका जितेको एमाले योपटक शून्य