फिल्म बबालप्रति बरुण र जान्ह्वी उत्साहित

मुम्बई । अभिनेता बरुण धवन र अभिनेत्री जान्ह्वी कपुर आफ्नो नयाँ फिल्म ‘बबाल’’bout निकै उत्साहित छन् । यो फिल्मको रिलिज मिति यतिबेला घोषणा गरिएको छ ।

यो फिल्म निर्माता साजिद नाडियाडवाला र नितेश तिवारीको ‘छिछोरे’ (जसले सर्वश्रेष्ठ हिन्दी फिचर फिल्मका लागि राष्ट्रिय पुरस्कार जितेको)को सफलतापछि यो अर्को फिल्म हो ।

यो चलचित्रलाई लिएर दर्शकको उत्साहलाई कायम राख्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । यो फिल्म आगामी ६ अक्टोबर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ । आफूहरूको जोडी पहिलोपटक पर्दामा सँगै आउन लागेका कारण बढी उत्साहित रहेको अभिनेत्री जान्ह्वीले बताएकी छन् ।

फिल्मले पुरस्कार विजेता निर्माता–निर्देशक जोडीलाई फेरि एकसाथ ल्याउँछ । वरुण र जान्ह्वीको नयाँ जोडीले पहिलोपटक एकअर्कासँग स्क्रिन सेयर गर्दै छ ।

यो एक उच्च ‘अक्टेन मास इन्टरटेनमेन्ट’ फिल्मले दर्शकलाई यसको आकर्षक सामग्रीको साथ थिएटरमा भीड राख्ने निर्माण पक्षको दाबी छ । बाबल नाडियाडवाला ग्रान्डसनको ब्यानरमा साजिद नाडियाडवालाले निर्माण गरेका हुन् भने अर्थस्काई पिक्चर्सको सहनिर्माता हो । वरुण धवन र जान्ह्वी कपुरले आफूहरूलाई पर्दामा सँगै हेर्न दर्शक उत्साहित भएको बताएका छन् । आफूहरूको फ्यानहरू धेरै रहेको पनि यी दुईले दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कूटनीतिक नियोग आराम गर्ने थलो !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला