काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको हो ।
बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)