विश्व रंगमञ्च दिवस मनाउँदै बुद्ध थिएटर फेस्टिबल सुरु

काठमाडौं । काठमाडौंको नाचघरमा ‘बुद्ध थिएटर फेस्टिबल–२०२३’ सुरु भएको छ । बुद्धको सन्देशमा आधारित नाटक ‘चण्डालिका’ मञ्चन गर्दै सोमबारबाट महोत्सव सुरु भएको हो ।

काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाबाट मन्त्रोचारण गर्दै महोत्सवको शुभारम्भ गरिएको थियो । ६२औं विश्व रंगमञ्च दिवसको अवसर पारेर सो महोत्सव सुरु भएको हो । पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, बाग्मती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा सुरु भएको यो महोत्सव आगामी १७ चैतसम्म जारी रहनेछ ।

महोत्सवको उद्घाटन समारोहमा यस वर्षको डबली थिएटर अवार्ड रंगकर्मी अनुप बराललाई प्रदान गरियो । ५० हजार रुपैयाँसहितको सो अवार्ड ग्रहण गर्दै अनुप पत्नी दिया मास्केले अनुपको सन्देश पढेर सुनाइन् ।

नेपाली रंगमञ्चमा लामो योगदान दिएकाले रंगकर्मी अनुपलाई सो अवार्ड प्रदान गरिएको डबली थिएटरका अध्यक्ष पुष्कर गुरुङले कार्यक्रममा बताए । केही महिनाअघि काठमाडौंमा दुई साता लामो बुद्ध नाटक लेखन कार्यशाला गरेर सो कार्यशालामा लेखिएका नाटकहरू यस महोत्सवमा मञ्चन गरिएको अध्यक्ष गुरुङको भनाइ थियो । तीन वर्षदेखि आयोजना हुँदै आएको यस महोत्सवले बुद्धलाई अझ नजिकबाट अहिलेका पुस्तामा चिनाउने काम गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सांस्कृतिक संस्थानका अध्यक्ष अशोककुमार राईले विश्व रंगमञ्चका सबैलाई शुभकामना दिँदै बुद्धले देखाएको मार्ग अँगाले जीवन निकै सुखी हुने बताए । उनका अनुसार महोत्सवमा मंगलबारबाट प्रदर्शनी गरिने नाटकहरूमा प्रशान्त बगालेको निर्देशनमा थ्रि लाफिङ मंक, निकिता गुरुङको निर्देशनमा प्रतिबिम्ब, गीता थापाको निर्देशनमा पट्टाचार, वर्षा भण्डारीको निर्देशनमा पश्चाताप, सस्मिला मगरको निर्देशनमा अम्रपाली र वीरेन्द्र हमालको निर्देशनमा चक्षु रहेका छन् । महोत्सवमा मञ्चन हुने यी नाटक’bout राईले कार्यक्रममा जानकारी गराए ।

यस्तै, प्राडा अभि सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईलगायतले महोत्सवमा प्रस्तुत नाटकहरूको चर्चा गरे ।

महोत्सवको उद्घाटन समारोहमा नाटक ‘चण्डालिका’ मञ्चन गरियो । माया थापाको निर्देशनमा मञ्चित करिब आधा घण्टाको यस नाटक एक युवतीले भिक्षुहरूलाई पानी खुवाउँदै उसका आफन्तले दिएको श्रापको कथामा केन्द्रित थियो । तर, पछि भिक्षुको आशीर्वादले उनीहरूको जीवनमा शान्ति आएको सन्देश यस नाटकले दिएको थियो ।

संस्कृत भाषामा संवाद राखिएको नाटक चण्डालिकामा सांस्कृतिक संस्थानकै कलाकारहरूले अभिनय गरेका थिए । नाटकमा बुद्धको भूमिकामा तीर्थराज पोखरेल, चण्डालिकाको भूमिकामा रेखा कटवाल, मुख्य युवतीको भूमिकामा सुशिला थापा थिए । यस्तै, अन्य कलाकारमा सरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशा न्यौपाने, बिना विश्वकर्मा, सलिना क्षत्रीलगायतको अभिनय थियो ।

वीरेन्द्र हमालको सल्लाहमा मञ्चन गरिएको यस नाटकको संगीत संयोजनमा दुर्गाप्रसाद खतिवडा, वाद्यवादनमा खतिवडासहित नरेश प्रजापति, रोहित सुवेदी, गायनमा दीपेन्द्र बज्राचार्य र शिला बिष्ट थिए । यस्तै, ध्वनी संयोजनमा अनुपम शर्मा र मनोज केसी, प्रकाश परिचालनमा मिलन नेपाली र विज्ञान सुब्बा तथा स्टेज निर्माणमा दीपक पौडेल र ओमप्रकाश बानिया थिए । महोत्सवमा १७ चैतसम्म अरू ६ वटा नाटक मञ्चन गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा