चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ सुरु

काठमाडौं । चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को निर्माण सुुरु भएको छ । यस चलचित्रको सोमबार काठमाडौंको मैतिदेवी मन्दिरमा शुभमुहूर्त गरियो । चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमुख अभिनय रहनेछ ।

यस चलचित्रलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् । आश्वि फिल्मसले निर्माण गरेको यस चलचित्रका लाइन प्रोड्युसर शंकर कार्की हुन् । चलचित्रको छायांकन यसैसाता सुरु हुनेछ । शिवपुरी, पाटन, रानीवनलगायतका स्थानमा यसको छायांकन हुने निर्माण पक्षले बताएको छ ।

मुहूर्तपछि निर्देशक पण्डितले यसको प्रमुख कथा बच्चाको अटिजम समस्या र रिलेसनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष रहेको बताइन् । पेसाले आईटी इन्जिनियर रहेकी पण्डितले आफ्नो चलचित्रप्रतिको प्रवल इच्छालाई मूर्तरूप दिने क्रममा यस चलचित्र निर्देशन गर्न लागेको बताइन् ।

‘मीराः स्याडो अफ अ रेन्बो’की अभिनेत्री सुरविना कार्कीले आफूलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकाले यसमा अभिनय गर्न लागेको बताइन् । अभिनेता निशान चौहानले यसको कथाले समाजमा नयाँ सन्देश दिने बताए । अर्का अभिनेता कैलाश रावलले एक महिलाले आफ्नो जीवनकालमा भोग्नुपर्ने हरेक किसिमका उतारचढावका कथा मर्मस्पर्शी रहेको दाबी गरे ।

चलचित्रमा एलिस कार्कीको संगीत रहनेछ । डीओपी अनिल कटुवाल हुन् भने प्रकाश महरा टेक्निकल हेड हुन् । चलचित्रमा प्रकाश हमालले प्रोडक्सन डिजाइन गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी