बैंकको रकम लुटेको आरोपमा पक्राउ तीनलाइ डाँका मुद्धा

सिरहा ।  सिरहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका  ४५ वर्षिय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षिय जिवछ बि.क. र लहान १९ छपरारी का ४७ वर्षिय सत्य नारायन मण्डललाई पहरीले पक्राउ गरेको हो।

उनीहरुले वैंकका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लादै गरेको नौं लाख रकम लुटपाट गरेको आरोप  छ। प्रहरी सहित गएका ज. ६ प ८१८५ नम्वरको मोटरसाईकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाईकलमा आएका ४ जना अपरिचित ब्यक्तिहरुले पेस्तोल देखाई रकम लुटिएका थिए। 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा लगाएत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रबिधिको प्रयोग गरि सिरहा सदरमुकास्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ। उनीहरुमाथि शरिर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चा र माओवादी केन्द्र विजयी