बुद्ध थिएटर फेस्टिभलमा ‘प्रतिविम्ब’ र ‘पट्टचार’ मञ्चित

काठमाडौं । सांस्कृतिक संस्थान नाचघरमा जारी बुद्ध थिएटर फेस्टिबलमा बुधबार दुईवटा नाटक मञ्चन भए । जसमा दिउँसो १ बजे निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ नाटक मञ्चन गरियो । यस्तै, बुधबार नै बेलुका ५ बजे यो महोत्सवमा गीता थापा निर्देशित नाटक ‘पट्टाचारा’ मञ्चन गरियो ।

नाटक ‘प्रतिविम्ब’मा बाउपछि छोराले जिम्मेवारी छाडेर भिक्षु भएपछिको कथा प्रस्ततु गरिएको थियो । घर छोडेर गुम्बा गएको छोरामा आएको परिवर्तन र छोरासँग बुबाको भेटघामा भेटघाटपछिको मनोविज्ञान प्रस्तुत गरिएको थियो ।

निशान क्षत्रीले सेट डिजाइन गरेको यो नाटकमा राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन, अरुण न्यौपानेको ध्वनि परिचालन, अनिषा न्यौपाने र नरहरि पराजुलीको वेशभूषा थियो ।

यो नाटकमा टेक विक्रम थापा, अनिषा न्यौपाने, रमेशबहादुर खडका, मनीष चौलागाई, नरहरि पराजुली, सलिना क्षत्री, सुशिला थापा, पार्वती गिरी, चन्द्रकुमार सरु मगरले अभिनय गरेका थिए ।

बुधबार नै मञ्चन गरिएको गीता घिमिरे थापा निर्देशित नाटक पट्टचारामा आफ्नै नोकरको मायाप्रेममा परेकी एक सुन्दरी कन्याको प्रेम संघर्ष कथा प्रस्तुत गरिएको थियो । प्रेममा असफल भएपछि बुद्धको उपदेश पहिल्याउँदै ती युवतीले मानव सेवाको बाटो रोजेको कथा यो नाटकमा थियो ।

नाटकमा निशान खत्री क्षत्री, अञ्जली शाह, रमेश देवकोटा, रेखा कटुवाल श्रेष्ठ, सुशिल दाहाल, खगेन्द्र बोहरा, पर्वती गिरी, मनीष चौलागाई, वीरेन्द्र बुढामगर, प्रदीप राई, विमला सापकोटा, श्रीकृष्ण शाहीलगायतको अभिनय थियो । यो नाटकमा वीरेन्द्र हमालको लाइट डिजाइन् । निर्देशक गीताको सेट डिजाइन् । राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन अर्जुन न्यौपानेको ध्वनि परिचालन थियो ।

महोत्सवको दोस्रो मंगलबार प्रशान्त बगाले निर्देशनमा ‘थ्री लाफिङ मंक्स’ मञ्चन भयो । पहिलो दिन मेघा हलमा भएको यो महोत्सव दोस्रो दिनबाट चौथो दिनसम्म सानो हलमा भइरहेको छ । महोत्सवमा पहिलो दिन नाटक ‘चण्डालिका’ मञ्चन भएको थियो । रवीन्द्रनाथ टेगोरको कथामा आधारित यो नाटकलाई माया थापाले निर्देशन गरेकी थिइन् । जसमा एक अछुत युवतीको भिक्षु आनन्दप्रतिको सम्मोहन र उनकी आमाले त्यो सम्मोहन भंग गरेपछिको अवस्थाको कथा प्रस्तुत गरिएको थियो ।

महोत्सवमा बिहीबार नाटक ‘पश्चाताप’ मञ्चन गरिने भएको छ । नाटक वर्षा भण्डारी निर्देशित छ । बिहीबार नै सस्मिल मगर निर्देशित ‘अम्रपाली’ पनि मञ्चन हुँदै छ । महोत्सवको समापनमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ ।

काठमाडौंको जमलस्थित नाचघरमा १३ चैत सोमबारबाट तेस्रो संस्करणको ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ जारी छ । यो महोत्सव १७ चैत शुक्रबारसम्म नाचघरमा चल्नेछ । ६२औं विश्व रंगमञ्च दिवसको अवसर पारेर यो महोत्सव सुरु भएको हो ।

गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन यो महोत्सव आयोजना गरिएको आयोजक संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताएका छन् । फेस्टिभल निर्देशक पुष्कर गुरुङका अनुसार बुद्धका उपदेश नाटकमार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सव आयोजना गरिएको हो ।

पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बाग्मती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरले संयुक्त रूपमा आयोजना गरेको हो । महोत्सवमा यसपटक सातवटा नाटक चयन भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित