६१ वर्षपछि विराटनगर सिटीलाई उपाधि

विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ)ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

६१ वर्षपछि घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जित्न ६ दशक कुर्नु प¥यो । विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपविजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो ।

जितका लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरुङले गोल गरेका थिए । खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमको सुरुवती अग्रता दिलाए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए ।

७८औं मिनेटमा बिमल घर्तीमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए । सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९औं मिनेटमा मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए । बिमलले निकालेको पासलाई मेसुकेले गोल गरे । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।

फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत रूपको पुरस्कार पनि विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरुङ भए । उनले खेल अवधिभर दुई गोल गरेका थिए । बेस्ट फरवर्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ घोषित भए । बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रूपमा एवार्ड पाउनेहरूले जनही २५÷२५ हजार रुपैयाँ पाए ।

फाइनल खेलको २१औं मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर फाले । पहिलो हापमा केरला एक गोलले पछि परेपछि दबावमा परेको थियो । पहिलो हाफमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा केरलाले बराबरीमा ल्याउने अवसर खेर गयो ।

४२ औं मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्टमाथिबाट बल बारियो ।

४३आंै मिनेटमा केरलाका पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबोट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिदा गोल गर्ने अवसर खेर गयो । खेलको ७४औं मिनेटमा विराटनगरले पनाल्टी पाएको थियो । केरलाको टिमको डिबक्सभित्र हेन्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । पेनाल्टी सुटआउटमा स्टेफेनल गरेको प्रहार केरेलाको गोलकिपर सनफिरले उत्कृष्ट बचाए । त्यसलगतै स्टेफेनले डिबक्सभित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो । भारतका ७७औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो । त्यसलगतै पलको डिबक्सभिबाट गरेको प्रहार विराटनगरका गोलकिपर प्रदीप भण्डारीले विफल पारिदिए ।

प्रतियोगितामा विजेता हुने टिमलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, विराट गोल्डकपको आयोजक समितिको संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाललगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीकाे लम्कीचुहाकाे मेयरमा कांग्रेसका दुई जनालाई टिकट दिएपछि विवाद