राजनैतिक पूर्वाग्रहका साथ सरकार अघि बढ्यो : नेता सिंह

चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको बताए ।

उनले भने, ‘मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै पनि निर्णयमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजिएको छ ।’ ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारबाट प्रभावित भयो र जग्गा हुनेलाई कारवाही गर्न डरायो’, उनले भने, ‘तत्कालीन मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गाधनी पनि त्यतीकै दोषी छन्, उनीहरुलाई पनि कारवाही हुनुपर्ने माग काँग्रेसको छ ।’

नेता सिंहले यसैका लागि काँग्रेसले संसद् अवरुद्ध गरेको स्पष्ट पार्दै अख्तियारले राजनैतिक आग्रहपूर्वाग्रह विना नै स्वतन्त्र रुपमा छानबिन गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा बोल्दै उनले काँग्रेसले १४औँ महाधिवेशनका लागि तयारी शुरु गरेको बताए । महाधिबेशनको मिति तय भइसकेको अवस्थामा यसलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाएर अघि बढेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेको ६ पालिकाको नतिजा सार्वजनिक, ५ वटामा काँग्रेस १ पालिकामा माओवादी केन्द्र