‘माधव नेपालवाट झलनाथ पनि दिक्क छन् ‘

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरेका हुन् ।

न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाएपनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गरेको जनाएका छन् । आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल गर्न नदिएको पनि उनको गुनासो छ । 

नेता न्यौपानेले भविष्य नभएको पार्टीको नेता भएर बसिरहनु भन्दा सम्मानित नागरिक भएर जिउने खोजेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताए ।  उनका अनुसार एसका अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीवाट झलनाथ खनाल पनि असन्तुष्ट रहेको जनाउँदै एमालेले सम्मानित स्थान दिए फर्केर आउने मनस्थितिमा रहेका छन् ।  त्यसका लागि नेकपा एमालेले पहल गर्नुपर्ने उनको भनाई छ ।  

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित