Sunday, April 5, 2020
Home बिचार कोरोना नियन्त्रण गर्न चाहिन्छ कठोर कानुन

कोरोना नियन्त्रण गर्न चाहिन्छ कठोर कानुन

चीनले जस्ताे कठाेर निती नअपनाए महामारी राेक्न गार्हाे पर्छ


चिनले आफ्नाे देशमा कोरोना भाइरसबाट हुने संक्रमण नियन्त्रण गर्न सक्नुमा चिनको शासन प्रणाली सहयोग सावित भएको देखिन्छ । चिनबाट सामाजिक संजालमा केही भिडियोहरु भाइरल भएका देख्न सकिन्छ । ति भिडियोहरुमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति भाग्दै गरेको र त्यहांका प्रहरीहरुले जवरजस्ती समातेर अस्पताल लादै गरेको दृष्यहरु देख्न सकिन्छ । यहांसम्म कि एक दृष्यमा ट्रेनलाई रोकेर भएपनि कोरोनाबाट संक्रमित भाग्दै गरेको व्यक्तिलाई प्रहरीहरुले पक्रिरहेको दृष्य देखिन्छ । त्यस्तै अस्पतालबाट भाग्न खाज्ने स्वास्थ्यकर्मीहरुलाई दण्ड सजाय गरेको, कालावजारीयाहरुलाई तुरुन्तै जेल सजाय गर्ने देखि मृत्यूदण्ड सम्म गरेको समाचारहरु आए ।

भन्नुको तात्पर्य के हो भने चिनका कानुन कठोर छ। तर कोरोना जस्ता माहामारीका लागि औषधी बन्यो त्यहि कानुन । सायद यति कठोर कानुन नभएको भए चिनले यति कम मानविय क्षतिमा र यति छिटो नियन्त्रण गर्न सक्दैन्थ्यो । चिनको कोरोना नियन्त्रणमा प्रशासनिक सक्रियता र कठोर कानुन र त्यसको कार्यावन्यन गर्ने पुरानै बानीले नै सफल भएको हो ।

चिनमा हालसम्म ३ हजार २ सय ४९ जनाको मृत्यू भएको छ भने भर्खरै संक्रमण सुरु भएको इटालीमा कोरोनाको कारण ३ हजार ४ सय ५ जनाले ज्यान गुमाइसकेका छन । इटालीले नियन्त्रण गर्न सकिरहेको छैन भने अर्का तिर मृत्यूदर उच्च छ । कोरोना भाइरस को सबभन्दा डरलाग्दो कुरा के हो भने यस्तो सर्ने दर असाध्यै उच्च छ , संक्रमित दर घटाउनु भनेको कोरोनाबाट हुने मृत्युदर घटाउनु हो । किनकि यसको औषधी बनिसकेको छैन । हालको लागि यहि उपाय उत्तम हो । यसको कठोर कानुन आवश्यक छ । यो कुरालाई चिनले राम्ररी बुझेको छ ।

कोरोना नियन्त्रण गर्न चिनको तरिका अवलम्बन गर्न धेरै देशहरुले अध्ययन टोली नपठाएका होइनन् । तर चिनको जस्तो शासन व्यवस्था ती सबै देशहरुमा छैन । उदारवादी शासन व्यवस्था मानिने लोकतन्त्रले सबै क्षेत्रमा लचकता स्थापित गरिसकेको शासनले सानो तिनो लापरवाहीलाई छुट दिएको देखिन्छ । जस्तै टेकु अस्पतालबाट सम्भावित संक्रमित विरामी भाग्नु, त्यहाका स्वास्थ्यकर्मीहरुले सामान्य लिनु, चेकजाँच गर्न डराउनु जस्ता लापरर्वाहीमा हाम्रो जस्तो देशले पुरानै बानी दोहोर्याई रहन्छ । तर चिन जस्ता देशले सानो तिनो लापरवाहीमा पनि कानुनी कार्वाही गर्छ, यो उसको पुरानो सशक्त बानी हो । जुन व्यवहारीक पक्षले आज माहामारी रोक्न सहयोग गर्यो । यो कुरा अमेरिका, इटाली लगायतका सबै देशले वेलैमा बझ्नुपर्छ र व्यबहारमै कडा हुनुपर्छ । यस बेला कुनै तन्त्रले काम गर्दैन यसबेलाको शासन प्राविधिक रुपमा सोच्ने र त्यसै अनुसार कानुन बनाई कार्यान्वयन गर्नुपर्ने बेला हो ।

धेरै देशहरुले संकटकालिन अवस्था घोषणा गरी नियन्त्रणको प्रयास गरिरहेका छन् तर यसको नियन्त्रणको लागि विशेष कानुन नै चाहिने रहेछ । किनकि ती देशहरुले संविधान निर्माण बेला संकटकालिन समय विषयमा आइपर्ने समस्या सम्वन्धमा गरेको कल्पना र अहिलेको अवस्था फरक किसिमको हो । त्यसकारण कोरोना नियन्त्रणको लागि मौजुदा कानुनलाई संशोधन गरी वा विशेष कानुन निर्माण गरी प्राविधिक रुपमा नियन्त्रण गर्नुपर्ने देखिन्छ ।

नेपालमा हाल कोरोना भाइरस नपाइएको दावी गरिरहदा पुर्व तयारी गुणस्तरीय छैन । आउदा दिनमा माथिल्लो निकायले कडाई नगरे कर्मचारी लगायत स्वास्थ्यकर्मीहरुले लापरवाही गर्ने देखि राजिनामा गरेर भाग्ने अवस्था नआउला भनेर भन्न सकिन्न । चिनमा कति स्वास्थ्यकर्मीहरु , कर्मचारीहरु, सुरक्षाकर्मीहरु यहां सम्म कि अस्पतालका डाइरेक्टरले समेत आफ्नो ज्यानका बलिदानी गरे । यस सम्वन्धी मनोवल तयार गर्नुपर्ने र नमाने कडा कानुन लागु गरी काममा लगाई महामारी नियन्त्रण गर्नुपर्ने देखिन्छ । यो बाढी, पहिरो, लागलागि, भुकम्प जस्तो प्रकोप होइन । मेरा यती सेना, प्रहरी, कर्मचारी छन भनेर बैठक , सभामा बोलेर तयारी अवस्थामा छौं भनेर हुदैन यसलाई परम्परागत शैलीले रणनिति बनाउन खोज्यौ भने भाइरसले ठुलै क्षति गर्न सक्छ । त्यसकारण यसको नविनतम सोच सहित रणनिति बनाउनुपर्ने देखिन्छ । किनकि विश्व सभ्यतालाई नै यो भाइरसले चुनौति दिईरहेको छ ।

हाल देशका स्वास्थ्य संस्थाहरुमा मास्क पाउन सकेको छैन, प्रहरी, कर्मचारी आफै असुरक्षित हुनुपर्ने अवस्था छ । मास्क लुकाउने व्यापारीहरुलाई कडा कारवाही हुन सकिरहेको छैन । यी क्रियाकलापले जोखिमलाई झन निम्त्याउछ । त्यसकारण नेपाल सरकारले कारोना भाइरस समस्या समयमै व्यवस्थापन गर्न पुर्व तयारीको रुपमा वैज्ञानिक चिन्तन सहितको र संक्रमण बढन नदिन कठोर कानुन ल्याउनुपर्ने र यसको कडाई रुपले कार्यान्वयन गर्नुपर्ने देखिन्छ । मौजुदा उदारवाद नेपालको कानुनले आइपर्ने यस्तो विपद नियन्त्रण गर्न नसक्ने हुदा कठोर कानुन ल्याउनुपर्ने देखिन्छ ।

(Visited 275 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

ई-पेपर

(Visited 24 times, 1 visits today)